बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सर्जियो अगुएरोलाई कोरोना संक्रमण

शुक्रबार, ०९ माघ २०७७, १४ : २९
शुक्रबार, ०९ माघ २०७७

म्यानचेस्टर सिटीका अर्जेन्टिनी स्ट्राइकर सर्जियो अगुएरो कोरोना भाइरसबाट संक्रमित भएका छन् । अगुएरोले आफुलाई कोरोना संक्रमण भएको र सेल्फ आइशोलेसनमा बस्न थालिसकेको जानकारी गराएका हुन् । अर्का एक संक्रमितसँग नजिकको सम्पर्कमा आएपछि आफु संक्रमित भएको उनले जनाएका छन् । 

यस सिजन चोटका कारण अगुएरोले धेरै खेल खेल्न पाएका छैनन् । बुधबार एस्टन भिल्लाविरुद्धको प्रिमियर लिग खेलमा सिटी जित हासिल गर्दा अगुएरो टोलीमा थिएनन् । ३ जनवरीदेखिमा चेल्सीविरुद्ध सिटीले ३–१ को जित हासिल गर्दा अन्तिम ४ मिनेट उनी मैदानमा देखिएका थिए । ट्वीटरमा अगुएरोले लेखेका छन्, ‘संक्रमितसँग नजिकको सम्पर्कमा आएपछि म सेल्फ आइशोलेसशनमा छु र पछिल्लोपटक परीक्षण गर्दा कोभिड–१९ पोजेटिभ देखिएको छ । ममा केही लक्षणहरु देखिएको थियो र निको हुनका लागि म डाक्टरहरुको निर्देशन पछ्याइरहेको छु । सबैजना आफ्नो ख्याल गर्नुहोला ।’

म्यानचेस्टर सिटी कोरोनाबाट अत्याधिक प्रभावित हुने प्रिमियर लिग क्लबमध्ये एक हो । अहिलेसम्म सिटीका कुल ९ जनामा संक्रमण देखिइसकेको छ । टोलीका स्टारहरु एरिक ग्रासिया, ग्राबियल जेसस र केल वाल्करले कोरोनाकै कारण चेल्सीविरुद्धको खेल गुमाएका थिए । ६ जनवरीमा गोलकिपर स्कट कार्सन र १८ वर्षीय मिडफिल्डर कोल पाल्मरमा पनि कोरोना देखिएको थियो ।

यद्यपी, कोरोना भाइरसका कारण खेलाडीहरु गुमाए पनिद सिटीले पछिल्ला खेलमा उत्कृष्ट खेलिरहेको छ । प्रिमियर लिगमा सिटीले लगातार ६ खेल जितेको छ र शीर्ष स्थानको म्यानचेस्टर युनाइटेडभन्दा २ अंकले पछि रहदै अंकतालिकाको दोस्रो स्थानमा छ । सिटीले शनिबार एफए कपको चौथो चरणमा चौथो डिभिजनको क्लब सेल्टेनह्याम टाउनसँग खेल्दैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप