वाग्मती प्रदेशमा काँग्रेस आफ्नै नेतृत्वमा सरकार बनाउने कसरतमा
काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविस्वास प्रस्तावबारे छलफल गर्न बसेको नेपाली काँग्रेसका नेताहरुको बैठक ठोस निर्णयबिनै सकिएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकले जुन पक्षसँग मिल्दा पार्टीको हित हुन्छ त्यसैसँग मिल्ने तर अहिले नै यो पक्षलाई सघाउने भनेर निर्णय नभएको नेता डा. रामशरण महतले जानकारी दिए ।
नेकपाको प्रचण्ड–माधव पक्षले पेश गरेको अविश्वास प्रस्तावमा काँग्रेसको धारणा तय गर्न देउवा निवास बूढानीलकण्ठमा नेताहरुबीच छलफल भएको थियो ।
नेता डा. रामशरण महतले रातोपाटीसँग भने, ‘सत्तारुढ दललबाटै अविस्वास प्रस्ताव दर्ता भएको अवस्थामा हामी सवै कुरा हेरेर निर्णय गर्छौ । त्यसमाथि विधि , पद्दति र प्रक्रियाको कुरा पनि हेर्छो ।’
उनले अविश्वास प्रस्ताव पहिला टेबल भएपछि त्यसबारेमा ठोस निर्णय हुने पनि बताए । ‘जे गर्दा पार्टीको हित हुन्छ त्यही गर्छौँ । हामी प्रतिपक्ष हौँ । यदि हाम्रै नेतृत्वमा सरकार बन्ने अवस्था आए पछि हट्दैनौँ,’ बूढानीलकण्ठमा भएको छलफलपछि नेता महतले रातोपाटीसँग भने । शुक्रबार वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलविरुद्धको अविस्वास प्रस्ताव बैठकमा टेवल हुदैछ ।
१ सय १० सांसद रहेको यो प्रदेशमा सरकार जोगाउन र बनाउन ५६ जना सांसद आवश्यक पर्छ । नेकपा विभाजित भएको हालको अवस्थामा ओली पक्षसँग ३६ र प्रचण्ड–नेपालपक्षसँग ४४ सांसद रहेको बताइएको छ । पछिल्लो समय प्रचण्ड–नेपाल पक्षका तीन सांसद ओली पक्षतिर र ओली पक्षका एक सांसद प्रचण्ड–नेपाल समूहतिर लागेका अवस्था छ ।
मुख्यमन्त्री पौडेललाई सरकार बचाउन थप २० सांसद आवश्यक पर्नेछ भने शाक्यलाई सरकार बनाउन १२ सांसद अपुग देखिन्छन् । यस्तो अवस्थामा प्रदेशसभामा २२ सांसद रहेको काँग्रेस निर्णायक हुने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण