बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

फिल्म ‘द रेड जोन’ निर्माण हुने

शुक्रबार, ०९ माघ २०७७, १२ : ३१
शुक्रबार, ०९ माघ २०७७


काठमाडौं । फिल्म ‘द रेड जोन’ निर्माण हुने भएको छ । निर्माण युनिटले काठमाडौँको राष्ट्रिय आविस्कार केन्द्रमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको घोषणा गरेको हो ।

फिल्मका निर्माता खगेन्द्र सुवेदी, के एस काफ्ले हुन् भने  प्रस्तुतकर्ता रमेश बन गोसाई रहेका छन् । सडक सुरक्षा र सडक दुर्घटनाबाट बच्नको लागि प्रेरणादायी सन्देश फिल्ममा समट्न लागेको प्रस्तुतकर्ता रमेशले बताए । उनले समाज परिवर्तनका लागि फिल्मले  विशेष महत्त्व राख्ने बताए ।

फिल्ममा किशोर खतिवडा, दीपक थापा, कमला नेपाली , हेमराज घर्ति, सिर्जना कार्की, नेत्र विष्ट, सुमन गौतम, खगेन्द्र सुवेदी, धर्मराज भण्डारी, वर्षा श्रेष्ठ लगायतका कलाकारको अभिनय रहनेछ  ।

रामजी लामिछाने, राजन मर्हजन र नवराज सुवेदीको नृत्य , देव महर्जनको द्वन्द्व, सुजन विश्वकर्माको छायाँकन रहने फिल्ममा सुजन गौत्तमको कथा, यज्ञजंग विश्वकर्मा ( आयुष)को पटकथा तथा निर्देशक रहेको छ ।

शंकर अधिकारी घायल र सुन्दर पन्तको गीत र ज्ञानेन्द्र गिरीको संगीत रहने फिल्म छायाँकनमा लागि माघ २१ गतेबाट फ्लोरमा निस्कने भएको छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप