८७ लाख तिरेर बढाए दुई इन्च उचाई, थाहा पाउनुस् कसरी भयो सम्भव
शरीरको सुन्दरता बढाउनका लागि थुप्रै मानिसहरु कस्मेटिक सर्जरीको सहारा लिन्छन् तर शल्यक्रियामार्फत् नै उचाई बढाएको एक मामिला चर्चामा छ । अमेरिकाको डेल्लासमा बस्ने अलफोन्सो फ्लोर्सको उचाई ५ फिट ११ इन्च थियो र शल्यक्रियापश्चात् उनको उचाई ६ फिट १ इन्च भएको छ ।
डेली मेलको रिपोर्ट अनुसार फ्लोर्स सधैं नै अग्लो हुन चाहन्थे । २८ वर्षका फ्लोर्स मेडिकलका विद्यार्थी छिन् । फ्लोर्सले लिम्ब लेंथिनिंग सर्जरीमार्फत् आफू अग्लो हुने सपना पूरा गरेका छन् ।
यो शल्यक्रिया लास वेगासमा रहेको ‘द लिम्बप्लेक्स इन्स्टिच्यूट’ को हार्वर्ड –प्रशिक्षित अर्थोपेडिक सर्जन डाक्टर केविन देबीप्रसादले गरेका छन् । यद्यपि, यो शल्यक्रिया निकै खर्चिलो हुन्छ ।
डाक्टर केविन देबिप्रसादका अनुसार कस्मेटिक शल्यक्रियामार्फत् शरीरको उचाई बढाउन त सकिन्छ । तर यो प्रक्रिया निकै खर्चिलो हुन्छ । फ्लोर्सका अनुसार यो शल्यक्रियाका लागि ७५ हजार डलर (८६ लाख रुपैयाँ) खर्च गरिएको हो ।
फ्लोर्सको शल्यक्रिया अघि र पछिको तस्बिर सोसल मिडियामा चर्चाको विषय बनेको छ । डाक्टर देबिप्रसादले याहू लाइफस्टाइलसँगको कुराकानीमा यो शल्यक्रियामा जाँघ र तिघ्राको हड्डी लामो पारिने जानकारी दिए ।
फ्लोर्सले आफ्नो नयाँ उचाई हासिल गरेको पनि सात महिना बितिसकेको छ । यसबारे उनी भन्छन्, ‘६ इन्चभन्दा पनि अग्लो हुने मेरो इच्छा अन्ततः पूरा भएको छ । ’
उक्त शल्यक्रिया गरेको एकदेखि दुई वर्षपछि किला निकाल्नका लागि अर्को शल्यक्रिया गर्नुपर्छ जसका लागि थप १४,००० डलर देखि २०,००० डलरसम्म लाग्छ । यससँगै उचाई बढाउने शल्यक्रियाका लागि जम्मा ८९ हजार डलरदेखि १ लाख १४ हजार डलरसम्म पर्न जान्छ ।
अल्फोन्सोले पत्रकारसँगको कुराकानीमा भने, ‘५’११ राम्रै उचाई हो, धेरैलाई यत्तिको अग्लो हुन पाए पनि हुन्थ्यो भन्ने लाग्छ तर मलाई थप अग्लो हुन मन लाग्थ्यो ।’
‘मलाई स्मरण भएदेखि सम्भवतः म १२ वर्षको हुँदादेखि नै यस्तो गर्न चाहन्थेँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा