शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सानिमा म्युचुअल फण्डको आईपीओ खुल्दै, कस्तो देखिएला लगानीकर्ताको आकर्षण ?

शुक्रबार, ०९ माघ २०७७, ०९ : ३६
शुक्रबार, ०९ माघ २०७७

काठमाडौं । सानिमा क्यापिटलको दोस्रो क्लोज इन्डेड म्युचुअल फण्ड आजदेखि खुला हुँदैछ । ७ वर्ष अवधि रहेको ‘सानिमा लार्ज क्याप फण्ड’ को बिक्री शुक्रबारदेखि खुला गर्न लागेको कोष व्यवस्थापक सानिमा क्यापिटलले जनाएको छ । यो म्युचुअल फण्डले १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई म्युचुअल फण्ड बजारमा ल्याउन लागेको हो । शुक्रबारदेखि खुला हुने उक्त आईपीओको आवेदन  मङ्गलबार बन्द हुनेछ ।

प्रति इकाई १० रुपैयाँ मूल्य रहेको उक्त आईपीओका लागि न्यूनतम १ सय कित्तादेखि अधिकतम १ करोड कित्तासम्मको लागि आवेदन दिनसक्ने जनाइएको छ । यो योजनाको प्रबद्र्धक भने सानिमा बैङ्क रहेको छ ।

म्युचुअल फण्डको आवेदन सेयरको आवेदनजस्तै आफ्नो डिम्याट खातासँग लिङ्क भएका बैङ्क वा मेरो शेयरबाट अनलाइनमार्फत् आवेदन गर्न सकिन्छ । सेयरजस्तै भए पनि म्युचुअल फण्डमा अलिक फरक छ ।

यस्तो फण्ड पुँजीबजारमा लगानी गर्ने उद्देश्यले आएको हुन्छ । कोषको सञ्चालन अवधिभर यसले बजारबाट प्राप्त नाफाको आधारमा लाभांश वितरण गर्छ । अवधि सकिएपछि कोषको मातहत रहेका सम्पूर्ण सेयर एवं चलअचल सम्पत्ति बिक्री गरेर इकाई धनीलाई आफूले होल्ड गरेको इकाई संख्याको आधारमा यस्तो सम्पत्ति बाँडफाँट गर्ने गर्छ ।

दोस्रो बजारमा लगानी गर्ने ज्ञान वा अनुभव नभएकाको लागि यस्तो फण्ड उपयुक्त हुन्छ । निश्चित अवधिका लागि सञ्चालन हुने भएकोले यस्तो इकाईमा बोनस सेयर नदिइ नगद लाभांश मात्रै दिने चलन छ ।

अहिले साधारण सेयरको आईपीओका लागि १५ लाखभन्दा बढी आवेदक देखिएको अवस्थामा म्युचुअल फण्डमा पनि यसको सकारात्मक प्रभाव पर्ने सम्भावना छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप