
बेलायतमा थप १२९० को मृत्यु, ३७ हजार बढी संक्रमित

लन्डन । बेलायतमा पछिल्लो २४ घन्टामा थप १२९० जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ । अघिल्लो दिनको तुलनामा मृतक संख्या ५३० ले कमी भएको हो । यससँगै बेलायतमा कोरना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९४ हजार ५८० पुगेको छ । बुधबार एकैदिनमा १८२० जनाको मृत्यु भएको थियो,जुन महामारीयताकै उच्च हो ।
सबैभन्दा बढी मृतक संख्याको आधारमा बेलायत विश्वभरमा पाँचौं स्थानमा पार्दछ । यसैगरी गएको २४ घन्टामा ३७ हजार ८९२ जान नयाँ कोरोना संक्रमित थपिएका छन् । नयाँ संक्रमितसँगै बेलायतमा कोरोना संक्रमितको संख्या ३५ लाख ४३ हजार ६४६ पुगेको छ । कोरोना संक्रमित संख्या बढेसँगै बेलायतमा कोरोना विरुद्धको खोपलाई तीव्रता दिइएको छ ।
हालसम्म झन्डै पचास लाख मानिसहरुलाई कोरोना विरुद्धको खोपको पहिलो डोज दिईसकेको स्वास्थ्य विभागले जनाएको छ । जसमध्ये ४९ लाख ७३ हजार २४८ जनाले पहिलो डोज लिएका छन् भने चार लाख ६४ हजार ३६ जनाले दोस्रो तथा अन्तिम डोज लिइसकेका छन् ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ