शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

वाइडेनद्वारा डब्लुएचओसँगको सम्बन्धलाई निरन्तरता दिने निर्णय

बिहीबार, ०८ माघ २०७७, २३ : ३१
बिहीबार, ०८ माघ २०७७

एजेन्सी । अमेरिकाका नयाँ राष्ट्रपति जो वाइडेनले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)सँगको सम्वन्धलाई निरन्तरता दिएका छन् । उनले राष्ट्रपतिको रूपमा कार्यभार सम्हालेको पहिलो दिन नै आदेश जारी गर्दै डब्लुएचओसँगको सम्वन्धलाई निरन्तरता दिने निर्णय गरेका हुन् । 

यसअघि निवर्तमान् राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओसँगको सम्वन्ध अन्त्य गरिएको घोषणा गरेका थिए । सो निर्णयको सर्वत्र आलोचना भएको थियो । वाइडेनले ट्रम्पको गल्तीलाई सच्याएको रुपमा लिइएको छ ।  अघिल्लो राष्ट्रपतिको निर्णयलाई सच्याएकोमा डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले धन्यवाद दिएका छन् ।

विश्वभरी स्वास्थ्य महामारी चलिरहेका बेला डब्लुएचओसँग अमेरिकाको सहकार्य अत्यावश्यक रहेको आवाज उठिरहेका बेला अमेरिकाले फेरि सम्वन्धलाई जोडेको बताएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप