
प्रचण्ड-माधव निकट युवा संघले निकालेको मसाल जुलुसमा प्रहरी हस्तक्षेप (तस्बिरमा हेर्नुस्)

काठमाडौं । संसद विघटनको विरोधमा नेकपा–प्रचण्ड माधव पक्ष निकट राष्ट्रिय युवा संघले बिहीबार काठमाडौंका विभिन्न स्थानमा मसाल जुलुस निकालेको छ । बबरमहलबाट निकालेको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेर तितरवितर पार्दा प्रदर्शनकारीहरुको एक टोली बानेश्वरतिर लागेको थियो भने अर्को टोली माइतीघरतिर लागेको थियो ।
बिहिबारै कोटेश्वर कलंकी लगायतका स्थानमा पनि मसाल जुलुस निकालेको युवा संघले जनाएको छ । ओलीको संसद विघटन गर्ने कदम प्रतिगामी, असंवैधानिक र अलोकतान्त्रिक भन्दै बिहीबार मसाल जुलुस प्रदर्शन गर्नुका साथै देशभर व्यानरसहित कालो बेलुन उडाएको युवा संघका केन्द्रीय सदस्य पुष्प ओलीले रातोपाटीलाई जानकारी दिए ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
सुवास श्रेष्ठ
सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।
तपाईको ईमेल गोप्य राखिनेछ