मेयर रिना साहद्वारा १ सय ८ एकल महिलालाई ब्लैंकेटसहित न्यानो कपडा वितरण
रौतहट । रौतहटको मौलापुर नगरपालिकाकि मेयर रिना कुमारी साहले १०८ जना एकल महिलालाई ब्लैंकेटसहित न्यानो कपडा वितरण गरेकी छिन् ।
मौलापुर नगरपालिकाको आर्थिक लगानी तथा जिल्ला बिपद ब्यवस्थापन समितिको सहकार्यमा वडा १ मर्यादपुरस्थित एक कार्यक्रमका बीच मेयर साहले उक्त न्यानो कपडा वितरण गरेकी हुन् ।
पछिल्लो एकसाता देखि चलेको सितलहरले बढेको चिसो बाट जोगिन मेयर रिना कुमारी साहले प्रत्येक एकल महिलालाई एक एकथान ब्लैंकेट, न्यानो टोपी,२ थान,मोजा ४ थान पंजा ४ थान र ओछ्याउन न्यानोहुने मैटृक्स दुई मिटरको दरले बितरण गरेको उनको सहयोगी सुमन यादवले जानकारी दिइन् ।
कार्यक्रमका विशिष्ट अतिथी रौतहटका सिडियो ईन्द्रदेव यादव र राष्ट्रिय अनुसंधानका एसपी मुकुन्दबाबू खड्काले मौलापुर नगर प्रमुख रिना कुमारी साहले गरेको कामको खुलेर प्रशंसा गरेका थिए ।
उक्त अवसरमा उपमेयर गौरीशंकर जयसवाल, नेकपा प्रदेश कमिटी सदस्य त्रिभुवन साह, समाजसेवी ठागा दासलगायतको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा