
थप ३३६ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ३३६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय पाँच हजार ३० जनाको स्वास्थ्य परीक्षण गर्दा १२२ महिला र २१४ पुरुष गरी सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ६८ हजार ६४६ पुगेको छ । पछिल्लो समय थप २२६ निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ६२ हजार ८६८ पुगेको छ । अहिले देशभर तीन हजार ७९९ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये १७२ जना क्वारेन्टिनमा रहेका छन् भने अन्य आइसोलेशनमा छन् । हालसम्म २० लाख ३१ हजार ७५६ जनाको पिसिआर परीक्षण भएको छ ।
थप चारको मृत्यु
हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ९७९ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप चार जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
तपाईको ईमेल गोप्य राखिनेछ