
भायानेटले ल्यायो इएमआई अफर

काठमाडौं । भायानेटले ग्राहकहरुलाई किफायती मूल्यमा उत्कृष्ट इन्टरनेट प्रदान गर्नको लागि इएमआई अफर ल्याएको छ ।
इएमआई अफरअन्तर्गत ग्राहकहरुले आफूले लिन चाहेको भायानेट इन्टरनेटको प्याकेजको वार्षिक ग्राहक बन्दा एकमुष्ट रकम नतिरी इएमआई अर्थात् मासिक किस्ताबन्दीमा सरलरुपले शुल्क तिर्न सकिने प्रावधान छ ।
यो अफरमार्फत ग्राहकले १२ महिनाको अवधिको मासिक इएमआई मात्र रु. १९५६ तिरेमा १२ महिनाको अवधिको ३० एमबीपीएस इन्टरनेट र भायाटीभी टेलिभिजन प्याकेज र त्यस सम्बन्धी लाग्ने सबै जडान खर्च, फाइबर वाइफाई डिभाइस र एउटा सेट–टप–बक्स (वैकल्पिक) सहित प्राप्त गर्न सक्नेछन् ।
इएमआई अफर लिने ग्राहकलाई थप १००० रिवार्ड प्वाईट पनि उपलब्ध गराइने कम्पनीले जनाएको छ । यो अफर भायानेटको अन्य प्याकेजमा पनि उपलब्ध छ ।
यो अफर हाल एनआईसी एशिया बैंकको क्रेडिट कार्ड ग्राहकहरुको लागि सीमित छ । तर छिट्टै नबिल बैंक र अन्य बैंकहरुसँग पनि समझदारी हुने बताइएको छ । यसरी इएमआईमा पैसा तिर्दा ग्राहकहरुले १ वर्षको इन्टरनेट सहित जडान खर्च र डिभाइसहरुको मूल्य सजिलै मासिकरुपमा बिस्तारै तिर्ने सुविधा प्रदान गरिएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ