शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मिस नेपालको अफिसियल कार टाटा अल्ट्रोजः टाटा मोटर्सद्वारा द हिडन ट्रेजरलाई  हस्तान्तरण

बिहीबार, ०८ माघ २०७७, १८ : ११
बिहीबार, ०८ माघ २०७७

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले मिस नेपालको आयोजक संस्था द हिडन ट्रेजरलाई टाटा अल्ट्रोज गाडी हस्तान्तरण गरेको छ । केही समय अघि सिप्रदी ट्रेडिङ्ग र द हिडन ट्रेजरबीच टाटा अल्ट्रोज मिस नेपालको अफिसियल कार हुने सम्झौता भएको थियो । 

उक्त कार्यक्रममा सिप्रदीका सि.ई.ओ. राजन बाबु श्रेष्ठले टाटा मोटर्सका कन्ट्री म्यानेजर अजित नारायण सिहंको रोहवरमा द हिडन ट्रेजरका प्रतिनिधिहरुलाई टाटा अल्ट्रोज गाडी हस्तान्तरण गरेका हुन् । 

प्रिमियम ह्याचब्याक सेग्मेन्टको रुपमा यसै वर्षको शुरुवातमा भारतमा सार्वजनिक भएदेखि नै टाटा अल्ट्रोजले अत्याधिक सकारात्मक प्रतिक्रिया पाइरहेको छ । यसको सुरुवाती मुल्य २९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । 

टाटा अल्ट्रोज अल्फा अर्थात एजाइल, लाइट, फ्लेक्जिबल र एडभान्स आर्किटेक्चरमा बनेको पहिलो र एकमात्र गाडी हो । यसमा स्ट्राइकिङ डिजाइन, ग्लोबल एनक्यापमा फाइभ स्टार सेफ्टी रेटिङ, गोल्ड स्ट्याण्डर्ड सेफ्टी, ड्राइभिङ्ग डाइनामिक्स र उत्कृष्ट प्रविधि रहेका छन । 

टाटा अल्ट्रोज विविध किसिमका सुविधा र विशेषताहरुले भरिपूर्ण रहेको छ । यसमा जडित १.२ लिटरको रेभोट्रन इन्जिनले ८६ पीएस पावर र ११३ एनएम टर्क प्रदान गर्दछ । यसमा रहेकोे मल्टि ड्राइभ (सीटी र इको) मोडले स्पोर्टी ड्राइभिङ डाइनामिक्स र इन्धन खपतको प्रभावकारितालाई सन्तुलन कायम गर्दछ । 

यस सेग्मेन्टमै उत्कृष्ट लेग स्पेस रहेको गाडीको भित्री डिजाइन खुल्ला र फराकिलो रहेको छ । अल्ट्रोज अत्यन्तै उत्कृष्ट र उच्च गुणस्तरीय सामग्रीबाट बनेको टाटा मोटर्सले जनाएकोे छ । आइडल स्टप/स्टार्ट बटन, क्रुज कन्ट्रोल, अटोमेटिक क्लाइमेट कन्ट्रोल एसी, एम्बिएन्ट मुड लाइटिङ, ९० डिग्री डोर ओपनिङ, अटो हेडल्याम्प, रेन सेन्सिङ वाइपर र हिडन डोर्स ह्यान्डल लगायतका अति उत्कृष्ट बिशेषताहरु यसमा रहेका छन् । 

प्यासेन्जरको सुरक्षाका लागि यस गाडीको सबै भेरिएन्टमा एबीएस, ईबीडी, सीएससी. र ड्युअल एयरब्यागहरु रहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप