बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

चितवनमा एकैदिन २५ फरार अभियुक्त पक्राउ

बिहीबार, ०८ माघ २०७७, १७ : ४७
बिहीबार, ०८ माघ २०७७

चितवन ।  जिल्ला प्रहरी कार्यालयले फरार रहेका २५ अभियुक्तलाई पक्राउ गरी अदालत पेश गरेको छ । उनीहरुलाई एकै दिनमा पक्राउ गरिएको हो । कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाका अनुसार बुधबार २२ पुरुष र तीन महिलालाई पक्राउ गरी आज अदालतमा बुझाइएको हो । 
 
उनका अनुसार चोरी, सवारी ज्यान, लागू औषध, बहुविवाह, वन पैदावार, राष्ट्रिय निकुञ्ज सम्बन्धि कसुर, केही सार्वजनिक अपराध, जालसाजी, सम्बन्धविच्छेदलगायतका मुद्दामा फरार रहेका उनीहरुलाई पक्राउ गरी अदालत पठाइएको हो ।  उनीहरुलाई इलाका प्रहरी कार्यालय दिव्यनगर र जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप