शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सिरम इन्ष्टिच्युटको बीसीजी खोप बनाउने ल्यावमा आगलागी

बिहीबार, ०८ माघ २०७७, १७ : ३५
बिहीबार, ०८ माघ २०७७

एजेन्सी । भारतको पुणेस्थित सिरम इन्स्टिच्युट अफ इन्डियाको टर्मिनल–१ को चौथो र पाँचौ तलामा भीषण आगलागी भएको छ । यस ल्याबमा टिबीबाट बचाउनका लागि लगाइने बीसिजी खोप बनाउने गरिन्छ ।  प्राप्त समाचारअनुसार आगलागीबाट कुनै नोक्सानी भएको छैन । भवनबाट चार कर्मचारीहरुलाई सुरक्षित निकालिएको छ भने आगो निभाउनका लागि १० वटा दमकल परिचालन भएका छन् ।

सिरम इन्स्टिच्युटले यही भवन परिसरअन्तर्गत मन्जरी प्लान्टमा कोरोना भाइरसविरुद्धको कोविशिल्ड खोप उत्पादन गरिरहेको छ । रिपोर्टअनुसार कोविशिल्ड खोप उत्पादन गर्ने ठाउँसम्म आगो फैलिएको छैन । त्यसैले यसको उत्पादनमा आगलागीले कुनै असर गरेको छैन । 

बेलायतको अक्सफोर्ड विश्वविद्यालय र एस्ट्रेजेनेका कम्पनीले संयुक्त रुपमा विकसित गरेको यो खोपलाई भारतमा सिरमले उत्पादन गरेको हो । यो खोप भारतमा प्रयोगमा पनि आइसकेको छ । 

सिरमले के–के बनाउँछ ?

सिरमले पोलियो, डिप्थिरिया, टिटानस, पर्ट्युसिस, एचआईभी, बिसिजी, आर–हेपटाइटिस बी, खसरा, मम्प्स, रुबेलालगायत रोगका खोप बनाउँछ । यस कम्पनीले अहिले कोरोना खोप पनि बनाइरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप