ओलीको महाराजा बन्ने सपना पुरा हुन दिँदैनौ: जनार्दन शर्मा
सुर्खेत । नेकपा प्रचण्ड–माधव पक्षका प्रभावशाली नेता जनार्दन शर्मा ‘प्रभाकर’ले अहिले भइरहेको संघर्ष संविधानले दिएको अधिकार जनताका हातमा पुर्याउन भएको बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध सुर्खेतमा भएको विरोध सभालाई सम्बोधन गर्दै संविधानअनुसारका अधिकार जनताको हातमा पुर्याउन सुरुबाटै आवाज उठाउँदा प्रधानमन्त्री ओलीले त्यसको सुनुवाई नै नगरेको बताए ।
उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कार्यान्वयन गर्ने तथा अधिकार प्रत्यायोजन गर्नुको साटो पुँजीवाद र केन्द्रीकृत प्रणालीको पक्षपोषणमा प्रधानमन्त्री ओली लागिरहेको बताए । सम्मृद्धि, राष्ट्रिय स्वाधीनता र आत्मनिर्भरको बाटोमा जान छोडेर ओली भ्रष्टाचार र सिमित घेरामा रमाउने गरेको आरोप लगाए ।
‘आज क्रान्तिको झण्डा खोसेर फाल्नुभएको छ । हामी त्यो झण्डा जोगाउन संघर्ष गरिरहेका छौ’ शर्माले प्रधानमन्त्री ओलीले सुशासनको कुरा गर्ने तर भ्रष्टाचार र भ्रष्टाचारीलाई संरक्षण गर्न लागि परेको बताए । उनले कर्णालीलाई दिनुपर्ने अधिकार नदिएकाले सिंगो कर्णालीका जनता ओलीको विपक्षमा रहेको बताए ।
पूर्व गृहमन्त्री समेत रहेका शर्माले संविधानभन्दा माथि आफुलाई राखेका ओली उहिलेका राजा जस्तै बन्ने प्रयासमा लागेको भन्दै ओलीको त्यो सपना पुरा हुन नदिने चेतावनी दिए । शर्माले प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा समेत अब सोच्ने बेला भएको बताए । उनले देश बचाउनका लागि संघर्ष आवश्यक रहेको भन्दै उनले देश र संविधानको रक्षाका लागि सबै वर्ग र क्षेत्रका जनताको एकीकृत आन्दोलन जरुरी रहेको बताए ।
‘संविधानको रक्षा नभए ओलीले निरंकुशतन्त्र ल्याउँदै हुनुहुन्छ । हामी पछाडी फर्कदैनौ । समाजवादको दिशामा जान संविधानले ग्यारेण्टी गर्दै आघि बढ्नुपर्छ । त्यसका लागि ओलीको प्रतिगामी कदमलाई असफल पार्नुपछ’ शर्माको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कोटीहोम विवादः अन्तरिम आदेशमा असन्तुष्टि जनाउँदै महानगरको भ्याकेट
-
‘नो केबलकार समूह’ लाई फेरि वार्तामा बोलायो सरकारले
-
नेतृत्व टीम नबदलिएसम्म पार्टी निर्माण हुन सक्दैन : जनार्दन शर्मा
-
सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिप मंगलबारदेखि
-
ऊर्जाराज्यमन्त्री भन्छन्– कुलमानलाई हटाउन हुँदैन
-
रिंकुकुमारीको न्यायका लागि अखिल क्रान्तिकारीले गर्यो माइतीघरमा प्रदर्शन (तस्बिरहरु)