ad
केन्द्रीय संस्करण

ओलीको महाराजा बन्ने सपना पुरा हुन दिँदैनौ: जनार्दन शर्मा

person explore access_timeमाघ ८, २०७७ chat_bubble_outline1

सुर्खेत । नेकपा प्रचण्ड–माधव पक्षका प्रभावशाली नेता जनार्दन शर्मा ‘प्रभाकर’ले अहिले भइरहेको संघर्ष संविधानले दिएको अधिकार जनताका हातमा पुर्याउन भएको बताएका छन् ।  प्रतिनिधिसभा विघटनविरुद्ध सुर्खेतमा भएको विरोध सभालाई सम्बोधन गर्दै संविधानअनुसारका अधिकार जनताको हातमा पुर्याउन सुरुबाटै आवाज उठाउँदा प्रधानमन्त्री ओलीले त्यसको सुनुवाई नै नगरेको बताए । 

उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कार्यान्वयन गर्ने तथा अधिकार प्रत्यायोजन गर्नुको साटो पुँजीवाद र केन्द्रीकृत प्रणालीको पक्षपोषणमा प्रधानमन्त्री ओली लागिरहेको बताए । सम्मृद्धि, राष्ट्रिय स्वाधीनता र आत्मनिर्भरको बाटोमा जान छोडेर ओली भ्रष्टाचार र सिमित घेरामा रमाउने गरेको आरोप लगाए । 

‘आज क्रान्तिको झण्डा खोसेर फाल्नुभएको छ । हामी त्यो झण्डा जोगाउन संघर्ष गरिरहेका छौ’ शर्माले प्रधानमन्त्री ओलीले सुशासनको कुरा गर्ने तर भ्रष्टाचार र भ्रष्टाचारीलाई संरक्षण गर्न लागि परेको बताए । उनले कर्णालीलाई दिनुपर्ने अधिकार नदिएकाले सिंगो कर्णालीका जनता ओलीको विपक्षमा रहेको बताए । 

पूर्व गृहमन्त्री समेत रहेका शर्माले संविधानभन्दा माथि आफुलाई राखेका ओली उहिलेका राजा जस्तै बन्ने प्रयासमा लागेको भन्दै ओलीको त्यो सपना पुरा हुन नदिने चेतावनी दिए ।  शर्माले प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा समेत अब सोच्ने बेला भएको बताए । उनले देश बचाउनका लागि संघर्ष आवश्यक रहेको भन्दै उनले देश र संविधानको रक्षाका लागि सबै वर्ग र क्षेत्रका जनताको एकीकृत आन्दोलन जरुरी रहेको बताए ।

‘संविधानको रक्षा नभए ओलीले निरंकुशतन्त्र ल्याउँदै हुनुहुन्छ । हामी पछाडी फर्कदैनौ । समाजवादको दिशामा जान संविधानले ग्यारेण्टी गर्दै आघि बढ्नुपर्छ । त्यसका लागि ओलीको प्रतिगामी कदमलाई असफल पार्नुपछ’ शर्माको भनाई छ ।  
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

  1. Jan. 22, 2021, 12:45 a.m. K B
    Aba nepal ma Army sashan ko palo ayo hai....
  2.  0 Reply

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.