प्रचण्ड प्रवृत्ति र माधवको कुन्ठाबाट पार्टीमा विभाजन भयोः ईश्वर पोखरेल
काठमाडौं । नेकपा केपी ओली समूहका नेता ईश्वर पोखरेलले पार्टी एकता गर्दा देखिनै देखिएको भ्रुणहरुका कारण पार्टी दुर्भाग्यपूर्ण रुपमा विभाजनमा पुगेको बताएका छन् । ओली निकट प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलामा उपप्रधानमन्त्री समेत रहेका उनले भने, ‘ढाँडमा टेकेर टाउकोमा हान्ने प्रचण्ड प्रवृत्ति र माधवकुमार नेपालको कुन्ठाबाट दूर्भाग्य पार्टी विभाजनमा पुग्ने अवस्था भयो ।’
हिजो देखिकै सिलसिला विकसित भएर अहिलेको अवस्था आएको उनको भनाइ छ । ‘प्रचण्डले पूर्व एमालेको गुटबन्दीमा खेलेर पूर्व माओवादीको आफ्नो पूरानै अभ्यासमा लाग्नुभयो । त्यसले दूर्भाग्य निम्त्याएको हो ।’ केपी ओलीलाई प्रधानमन्त्री तथा अध्यक्षबाट हटाउने र राष्ट्रपतिमाथि महाअभियोग लगाउने षड्यन्त्र रचिएपछि ताजा जनादेशमा जानुपर्ने अवस्था आएको पोखरेलले बताए । गत निर्वाचनपछि वाम गठबन्धन छोडेर काँग्रेस सभापति शेरबहादुर देउवासँग पाँच वर्षको सरकारको नेतृत्व गर्न कागज गरेको उनको दाबी छ । पार्टी विभाजन भ्रूण त्यही विकसित भइसकेको पोखरेलको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायतमा 'मेरो भ्वाइस युनिभर्स' र 'मेरो डान्स युनिभर्स'को अडिसन हुँदै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
ट्रेलरमा यस्तो देखियो फिल्म ‘ताण्डवम्’
-
सप्तरीमा रु चार अर्ब लगानीमा छवटा उद्योग खोलिदै
-
अदूरदर्शी पोखराका जनप्रतिनिधि : लामे आहालको म्याद सकियो, पोखराको फोहोर ५ दिनदेखि सडकमै
-
मुस्ताङको लुरी गुम्बा ओझेलमा