मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

प्रचण्ड प्रवृत्ति र माधवको कुन्ठाबाट पार्टीमा विभाजन भयोः ईश्वर पोखरेल

बिहीबार, ०८ माघ २०७७, १६ : ५३
बिहीबार, ०८ माघ २०७७

काठमाडौं । नेकपा केपी ओली समूहका नेता ईश्वर पोखरेलले पार्टी एकता गर्दा देखिनै देखिएको भ्रुणहरुका कारण पार्टी दुर्भाग्यपूर्ण रुपमा विभाजनमा पुगेको बताएका छन् ।  ओली निकट प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलामा उपप्रधानमन्त्री समेत रहेका  उनले भने, ‘ढाँडमा टेकेर टाउकोमा हान्ने प्रचण्ड प्रवृत्ति र माधवकुमार नेपालको कुन्ठाबाट दूर्भाग्य पार्टी विभाजनमा पुग्ने अवस्था भयो ।’  

हिजो देखिकै सिलसिला विकसित भएर अहिलेको अवस्था आएको उनको भनाइ छ । ‘प्रचण्डले पूर्व एमालेको गुटबन्दीमा खेलेर पूर्व माओवादीको आफ्नो पूरानै अभ्यासमा लाग्नुभयो । त्यसले दूर्भाग्य निम्त्याएको हो ।’  केपी ओलीलाई प्रधानमन्त्री तथा अध्यक्षबाट हटाउने र राष्ट्रपतिमाथि महाअभियोग लगाउने षड्यन्त्र रचिएपछि ताजा जनादेशमा जानुपर्ने अवस्था आएको पोखरेलले बताए । गत निर्वाचनपछि वाम गठबन्धन छोडेर काँग्रेस सभापति शेरबहादुर देउवासँग पाँच वर्षको सरकारको नेतृत्व गर्न कागज गरेको उनको दाबी छ  । पार्टी विभाजन भ्रूण त्यही विकसित भइसकेको पोखरेलको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप