शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

देशलाई दुर्घटनाबाट बचाउन मधेशी–आदिवासी जनजातिको एकता आवश्यक छः मन्त्री सोनल

बिहीबार, ०८ माघ २०७७, १६ : ३२
बिहीबार, ०८ माघ २०७७

जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य तथा प्रदेश २ सरकारका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले देश गम्भीर मोडमा गएको हुनाले एकतावद्ध भएर परिवर्तनलाई जोगाउन आह्वान गरेका छन् । 

राज्यले मधेशी, आदिवासी जनजातिलाई फुटाएर शासन गरेको भन्दै उनले यो देशमा मधेशी तथा आदिवासी जनजाति मिले मात्र परिवर्तन सम्भव रहेको धारणा उनले राखे ।

बारामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशलाई गम्भीर दुर्घटनाबाट बचाउनका लागि मधेशी, आदिवासी जनजातिहरु एकतावद्ध हुनुपर्ने धारणा राखे । कम्युनिस्ट तथ काँग्रेसले मधेशी, आदिवासीलाई जहिले पनि प्रयोग नै गरे, अधिकार दिने कुरा पटक पटक स्वीकार गरे तर जब सत्तामा गए सबै प्रतिवद्धता विर्सेको उनले टिप्पणी गरे ।

सोनलले दशैं वर्षे जनयुद्धको समयमा माओवादीले आदिवासी जनजातिहरुलाई हतियार उठाउन लगाएपनि संघीयताको कुरा आएपछि भने आदिवासी जनजातिहरुको पहिचान मेटाएको आरोप लगाए ।

कार्यक्रममा नेपाली काँग्रेसका बारा जिल्लाबाट नेता तथा कार्यकर्ताहरुले पार्टी परित्याग गरी जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

बाराको जितपुरमा आयोजित कार्यक्रममा आयोजित पार्टी प्रवेश कार्यक्रममा काँग्रेसका नेताहरु तेजमान पाख्रिन, जीतबहादुर मगर, सुशिल पाख्रिन, रामदेव रुम्बा, राजकुमार घलानलगायतका नेताहरु जसपा नेपालमा प्रवेश गरेका हुन् । उनीहरुलाई सोनलले माला तथा खादा ओढाएर स्वागत गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप