संसद पुनःस्थापना भए प्रतिगमन हुन्छः गृहमन्त्री थापा
बिहीबार, ०८ माघ २०७७, १६ : २०
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी ओली समूहका नेता रामबहादुर थापा ‘बादल’ ले संसद पुनःस्थापन भए मुलुकमा प्रतिक्रान्ति हुने बताएको छन् । बिहीबार काठमाडौं राष्ट्रिय सभागृहमा ओली निकट प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलामा उनले भने, ‘संसद पुनःस्थापना भयो भने मुलुकमा प्रतिक्रान्ति हुने खतरा छ । संसद पुनःस्थापना हुन मुलुकको हितमा छैन ।
पुनःस्थापना पनि हुँदैन ।ू प्रधानमन्त्री केपी ओलीले संसद विघटनको साहसिक निर्णय भएको थापाले बताए । ‘देशमा अस्थिरता सिर्जना गर्न प्रतिगमन गर्ने षड्यन्त्र थियो । त्यसलाई चिर्न संसद विघटनको साहसिक निर्णय गरिएको छ । हामी प्रतिगमन षड्यन्त्र चिर्न ताजा जनादेश जाने सरकारले निर्णय लिएको हो’ गृहमन्त्री थापाले भने । उनले प्रतिगमनको षड्यन्त्रमा फसेका एउटा गुट पार्टीबाट चोइटिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कानुनी शासनका लागि न्यायपालिका संवेदनशील : प्रधानन्यायाधीश श्रेष्ठ
-
अभियुक्तको गाडीमा पूर्वप्रधानमन्त्री ओली
-
२९ वर्षीया युवतीले रोजिन् इच्छामृत्यु
-
मिलन राईको गिरफ्तारीविरुद्ध ११ वटा संगठनको विरोध
-
कांग्रेस संसद्लाई मुठभेडमा लैजान चाहन्छ : महेश बर्ताैला
-
राजेन्द्र महतोको राष्ट्रिय मुक्ति क्रान्तिले सत्ताको छुट्टै अभ्यास गर्ने