बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीको अधिनायकवादविरुद्ध एकजुट हुन चित्रबहादुर केसीको आह्वान

बिहीबार, ०८ माघ २०७७, १५ : ४९
बिहीबार, ०८ माघ २०७७

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर प्रतिगमन गरेको भन्दै त्यसविरुद्ध सबै शक्ति एकजुट हुनुपर्ने बताएका छन् । 

बिहीवार बुटवलमा जनमोर्चाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता केसीले संयुक्त जनआन्दोलनका लागि तयार हुन सबै पक्षलाई आह्वान गरे । 

  प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको कदम अधिनायकवाद र प्रतिगमनकारी भएको बताउँदै पूर्वउपप्रधानमन्त्री समेत रहेका केसीले संविधान र गणतन्त्र रक्षाका लागि सबै राजनैतिक शक्तिहरु एक ठाउँमा उभिएर कार्यगत एकता गरी संघर्षमा जानुपर्ने आवश्यकता औलाए ।

 प्रधानमन्त्री ओलीको अधिनायकवाद विरुद्ध संयुक्त  संयुक्त संघर्ष गरेर मात्र प्रतिगन रोक्न सकिने उनले धारणा राखे । विगतमा राजा र पञ्चायत बिरुद्धको आन्दोलनमा नेपाली कांग्रेस, कम्युनिष्ट पार्टी , मधेशवादी दल, नागरिक समाजसहित सबै क्षेत्र एकठाउँमा रहेको स्मरण गर्दै उनले एकपटक फेरि त्यसैगरी जुट्नुपर्ने बेला आएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप