शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा डेमोक्रेटिक पार्टीको कार्यालयमा तोडफोड

बिहीबार, ०८ माघ २०७७, १५ : ४८
बिहीबार, ०८ माघ २०७७

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले सपथ लिएको केही घण्टापछि पोटल्यान्डमा प्रदर्शनकारीहरुले डेमोक्रेटिक पार्टीको कार्यालय तोडफोड गरेका छन् । प्रदर्शनकारीहरुले कार्यालय भवन र झ्यालमा क्षति पुुर्याएका थिए । उनीहरुले पुलिसविरुद्ध तथा नारा लगाए । 

पोटल्यान्ड प्रहरीका अनुसार आपराधिक काम, उपकरणमाथिको कब्जार, हुलदङ्गालगायत आरोपमा ८ जनालाई पक्राउ गरिएको छ । डेमोक्रेटिक पार्टीको ओरेगन राज्यले एक विज्ञप्ति जारी गर्दै आफ्नो भवनमा भएको आक्रमण पहिलो नरहेको जनाएको छ । पार्टीका अनुसार पहिले पनि यस्तो हुने गरेको थियो । 

त्यसैगरी सिएटलमा झन्डै १ सय ५० जनाले ब्यानर बोकेर प्रदर्शन गरेका थिए । उनीहरुले ‘आईसिई समाप्त गर्नुपर्ने, प्रहरी नचाहिने,जेल नचाहिने,सीमाना खतम गर्नुपर्ने, राष्ट्रपति चाहिँदैंन’ लगायत नारा लगाएका थिए ।  ६ जनवरीमा तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले संसद् भवनमै आक्रमण गरेका थिए ।

यसक्रममा सुरक्षा बल र ट्रम्प समर्थकबीच झडप हुँदा ५ जनाको मृत्यु भएको थियो । यस प्रकरणमा ट्रम्पलाई दोषी ठहर गर्दै संसद्को तल्लो सदनले उनलाई महाभियोग पनि लगाएको थियो । ट्रम्पले दिएको भाषणबाट उत्तेजित भएका उनका समर्थकहरुले यस्तो हिंसा निम्त्याएको सांसद्हरुको ठहर थियो । यस प्रकरणपछि सामाजिक सञ्जाल फेसबुक,ट्वीटर र युट्युबले उनको भिडियोमाथि प्रतिबन्ध लगाएका थिए । ट्वीटरले ट्रम्पलाई पहिले अस्थायी र केही दिनपछि स्थायी प्रतिबन्ध लगाएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप