शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा माघ ४ यता वकालतनामा दिएका वकिल अस्वीकृत

बिहीबार, ०८ माघ २०७७, १५ : ४३
बिहीबार, ०८ माघ २०७७

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमा बहसका लागि माघ ४ गतेपछि वकालतनामा दिएका कानुन व्यवसायीलाई बहस गर्नबाट रोकिएको छ । बिहीबार संवैधानिक इजलासमा रिट निवेदक ज्ञानेन्द्रराज आरणका तर्फबाट बहसका लागि आएका अधिवक्ता वसन्त रिमाललाई बहस गर्नबाट रोकिएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले रिमाललाई बहस गर्नबाट रोक्दै माघ ४ गतेपछि आएका वकालतनामालाई अस्वीकार गरिएको जानकारी दिएका थिए । योसँगै प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा माघ ४ अघि वकालतनामा बुझाएका कानुन व्यवसायीले मात्र बहस गर्न पाउने भएका छन् ।

मुद्दा ‘हेर्दाहेर्दै’ मा
यसैबीच प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथिको सुनुवाई बिहीबार ‘हेर्दाहेर्दै’ मा टुंगिएको छ । रिटका सम्बन्धमा शुक्रबार पुनः सुनुवाइ हुनेछ । बिहीबार रिट निवेदक समृत खरेल, सुलभ खरेल, ज्ञानेन्द्रराज आरणले बहस गरेका थिए । यसैगरी वरिष्ठ अधिवक्ता प्रा. गुणनिधि न्यौपाने, अधिवक्ता ठगेन्द्र गिरी, ओमप्रकाश अर्याल र टिकाराम भट्टराईले पनि बिहीबार बहस गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप