आज पनि बढ्यो नेप्से, बजार पुँजीकरण ३२ खर्ब नाघ्यो
काठमाडौं । सेयर बजार परिसूचक (नेप्से) आज पनि बढेको छ । ११ दिनदेखिको वृद्धिलाई निरन्तरता दिँदै साताको अन्तिम दिन बिहीबार पनि वृद्धि भएको हो ।
यो दिन नेप्से परिसूचक २८.८९ अंकले बढेर २ हजार ३ सय ७१ दशमलव ६६ विन्दुमा पुगेको छ । बजारमा आज १ करोड ७२ लाख कित्ता कारोबार हुँदा कुल कारोबार रकम ७ अर्ब ३९ करोड पुगेको छ ।
यो दिनभर १ सय ७६ कम्पनीको कारोबार भएका छन् । कुल कारोबार भएका कम्पनीमध्ये कारोबार हुँदा १ सय ३६ कम्पनीको मूल्य बढेको छ । २८ कम्पनीको मूल्य घट्दा १२ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
१२ वटा उपसूचकमध्ये बिहीबार बैंकिङ र म्युचुअल फण्ड बाहेक सबै उपसूचकमा वृद्धि भएको छ । निर्जीवन बीमा क्षेत्रको वृद्धि सबैभन्दा बढी ४.९४ प्रतिशतले बढेको छ ।
यो दिन सबैको लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स लगायत २३ कम्पनीको शेयरमूल्य भने ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । नारायणी डेभलपमेन्ट बैंकले भने आज सबैभन्दा बढी ६.८४ प्रतिशत मूल्य गुमाएको छ ।
समग्र बजार बढ्दा कुल बजार पुँजीकरण बढेर ३२ खर्ब ६ अर्ब रुपैयाँ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१६औँ पञ्चवर्षीय योजनाको रणनीति : प्रतिव्यक्ति आय २४१३ अमेरिकी डलर पुर्याउने !
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
क्रान्तिकारी कम्युनिस्ट र मशालबिच पार्टी एकता हुने
-
हङ्कङ र काठमाडौँमा प्रदर्शन हुँदै फिल्म ‘युक्पुङ’
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)