
२ वर्षपछि लेनदेन मुद्धाका फरार प्रतिवादि पक्राउ

लेनदेन मुद्दामा एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । सो मुद्धामा फैसला भई १४ लाख ८० हजार जरिवाना सजाय तोकिएपनि फरार रहेका तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ निवासी राजेन्द्र केसीलाई पक्राउ गरि अदालत हाजिर गराइएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।। २०७५ फागुन ७ गते फैसला भएपनि अहिलेसम्म पनि फैसला बमोजिम रकम दाखिला नगरेको भन्दै उनलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका ४५ बर्षीय केसीलाई जिल्ला अदालत दाङमा बुझाईएको हो । तुलसीपुर मालपोत कार्यालय नजिक हिडिरहेको अवस्थामा फेला पारेको प्रहरिले जनाएको छ । साथै प्रहरीले अपराधिक क्रियाकलाप गरी तथा घटना घटाई फरार रहेका व्यक्तीहरुको जानकारी पाएमा प्रहरी कार्यालयमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ