केपी ओली नेतृत्वको पार्टी बहुमतसहित पहिलो दल बन्छः विष्णु पौडल
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी ओली समूहका महासचिव विष्णु पौडेलले आफूहरु पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएका छन् । ओली निकट प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलामा उनले भने, ‘केपी ओलीले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छ । हामी सधैं प्रेस स्वतन्त्रताको छौं र हुनेछौं । श्रमजीवी पत्रकारको समस्य समधानका लागि हामी तयार छौं ।’ यस्तै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्ताव गरेको आरोपपत्र पार्टी विभाजनको आधार बनेको पौडेलको भनाइ छ । प्रचण्डले ओलीमाथि लगाएको आरोपपत्रमा उल्लेख गरिएको एउटा विषय पनि पुष्टि गर्न नसकेको पौडेलले बताए ।
‘उहाँले आरोप लगाउनु भयो । तर उहाँले स्थायी समिति र केन्द्रीय समिति बैठकमा छलफल गर्न तयार हुनु भएन । पार्टीको संसदीय दलमा पनि उहाँले अविश्वासको प्रस्ताव लाउन सक्नुभयो । उहाँहरु छक्का पञ्जामा लाग्नु भयो’ पौडेलले भने । संसद विघटनबारे सर्वोच्च अदालतले लिने निर्णय मान्य हुने उनको भनाई छ । तर उनले संसद पुनःस्थापनाको कुनै सम्भावना नरहेको दाबी गरे ।
प्रतिनिधिसभाका बहुमत सदस्यको साथमा संसद विघटन गरिएकाले पौडेलले बताए । ‘संसद अनुशासित हुन सकेन भनेर ताजा जनादेशका लागि जान संसद विघटन गरिएको छ । तोकिएको समयमा निर्वाचनमा हुन्छ । निर्वाचन आयोगले तोकिएको समयमा निर्वाचन सम्मान गर्न सक्षम रहेको छ ।
राजनीतिक दलले निर्वाचनमा जानका लागि अदालतको निर्णयको प्रतिक्षा गरिरहेको अवस्था छ । निर्वाचन हुन सक्दैन भनेर भ्रम सिर्जना गर्न खोजिएको छ । राजनीतिक दल निर्वाचनमा जान तार छन् निर्वाचन आयोग निर्वाचन गर्न तयार छ भने कसले रोक्छ निर्वाचन ?’ पौडेलको प्रश्न छ । ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बहुमतसहित देश सबैभन्दा ठूलो दल भन्ने उनको दाबी छ । यस्तै फरक प्रसंगमा सबै नेपालीलाई निशुल्क कोरोना खोप उपलब्ध गराउने अर्थमन्त्री समेत रहेका पौडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म