हत्या आरोपी १० वर्षपछि पक्राउ
१० वर्षअघि धनुषामा एक जनाको गोली हानी हत्या गरेको अभियोग लागेका व्यक्तिलाई सिरहा प्रहरीले क्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका–२ भरतपुर बस्ने ३४ वर्षीय जागेश्वर यादव रहेकाे जिल्ला प्रहरी सिरहाले जनाएको छन् ।
यादवले ०६८ साल भदौ २९ गते सिरहाको तत्कालीन धनगढी गाविस ९ बस्ने श्रीप्रसाद साह सोनारको गोली हानी हत्या गरेका थिए । बा.११ प. ४९४२ नम्बरको मोटरसाइकल चढेर धनुषाका भरतपुर स्थित वीरेन्द्र बजारमा फुटबल खेल्न आएका सोनारलाई जागेश्वर यादव समेतले गोली प्रहार गरी हत्या गरेर शव स्थानीय बालुवाखोलाको काटा झारीमा फ्याँकेका थिए ।
उनीहरुले सोनारको हत्या गरेपछि मोटरसाइकल, नगद २५ हजार, आधी ताला सुनको औंठी, एक तोला सुनको सिक्री, चाँदीको ब्रासलेट एक थान र मोबाइल एक थान लुटेका थिए । हत्यापछि मृतककी पत्नी शकुन्तला थापा समेतले जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएका थिए ।
यादवलाई इलाका प्रहरी कार्यालय मिर्चैयाको टोलीले घुमफिर गरिरहेको अवस्थामा मिर्चैया नगरपालिका ३ बाट बुधबार साँझ पक्राउ गरेको सिरहा प्रहरीका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए । पक्राउ परेका यादवलाई थप अनुसन्धानका लागि धनुषा प्रहरीको जिम्मा लगाइएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रीलङ्काका लागि बीआरआई परियोजना सेतो हात्ती : तलाल रफी
-
मलामी जाँदा भेरीमा डुबेका व्यक्तिको खोजीमा गोताखोर परिचालन
-
असारसम्म आयोजना स्थल नछोड्न आयोजना प्रमुखहरूलाई भौतिक मन्त्रीको निर्देशन
-
उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न संघीय सरकारले मात्रै सक्दैन : अर्थमन्त्री पुन
-
कतार र नेपालबिच धेरै कुरामा समानता देखिन्छ : राजदूत डा. ढकाल
-
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड