बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

महामारीबीच खोपको आशा : आइपुग्यो भारतीय अनुदानको खोप, तस्विरमा हेर्नुहोस्

बिहीबार, ०८ माघ २०७७, १२ : ४९
बिहीबार, ०८ माघ २०७७


काठमाडौ— भारत सरकारको अनुदान सहयोगमा कोरोनाभाइरस विरुद्धको १० लाख डोज खोप बिहीबार नेपाल आइपुगेको छ । एयर इन्डियाको विमानबाट आएको कोरोनाविरुद्धको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय राजदूत विनयमोहन क्वात्राले नेपाललाई हस्तान्तरण गरेका छन् । अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ११ः४५ बजे खोप बोकेको विमान अवतरण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोभिसिल्ड खोपलाई टेकुस्थित केन्द्रिय खोप भण्डारणमा लागि लगिने कोभिड—१९ खोप सल्लाहकार समितिका संयोजक डाक्टर श्यामराज उप्रेतीले बताए । टेकुमा भण्डारण गरिएको खोप स्वास्थ्य सेवा विभागबाट प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा आवश्यकताको आधारमा पु¥याइने उनले बताए । यस्तै प्रदेशबाट जिल्ला–जिल्ला तहमा खोप पु¥याइने छ । यो खोप प्रत्येक व्यक्तिलाई दुई मात्रा कम्तिमा ४ साताको फरकमा दिनुपर्ने डा. उप्रेतीले बताए । एक पटकमा ०.५ एमएल मात्रा वा डोज व्यक्तिको पाखुरामा कोभिसिल्ड लगाइन्छ ।

नेपालमा हाल नियमित खोप सेवाका लागि देशभर १६ हजार खोप केन्द्र छन् भने खोप लगाइदिने जनशक्ति ८ हजार छन् । स्वास्थ्य जनसंख्या मन्त्रालयले खोप भित्रिएको एक साताभित्र खोप लगाउन सुरु गरिने तयारी रहेको बताएको थियो । यद्यपी कुन दिनबाट खोप लगाउने भन्ने मिति तय भइसकेको छैन । तर, चाडैं खोप दिने तयारीमा जुटिरहेको डा. उप्रेतीले बताए ।

भारतले १० लाख डोज दिएको कोरोनाविरुद्धको सिरम इन्सिच्यूट अफ इन्डिया (एसआईआई)ले अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधी निर्माता कम्पनी एस्ट्राजेनेकासँग मिलेर कोभिसिल्ड नामक खोप विकास गरेको हो ।

तस्विरहरु सुवास श्रेष्ठ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप