शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सामसुङ फ्ल्यागशिप एस सिरिज नेपाल आउँदै, प्रि–अर्डर २२ जनवरीबाट

बिहीबार, ०८ माघ २०७७, १२ : ४३
बिहीबार, ०८ माघ २०७७

काठमाडौं । विश्वको अग्रणी इलेक्ट्रोनिक कम्पनी सामसुङले आफ्नो पछिल्लो फ्ल्यागशिप एस सिरिज नेपालमा ल्याउने भएको छ । 

कम्पनीले उक्त मोडलको प्रि–अर्डर २२ जनवरीदेखि सुरु गर्ने पनि जनाएको छ । सामसुङले विश्वव्यापी रुपमा ग्यालेक्सी एस२१ श्रृंखलाको अनावरण गरिसकेको छ जसले हालसम्म निर्माण भएका स्मार्टफोनहरुको तुलनामा एक नयाँ आयाम प्रदान गर्ने अपेक्षा गरिएको थियो ।

विश्वभर प्रयोगकर्ताहरुले यसको अत्याधुनिक डिस्प्ले, सुधार गरिएको क्यामेरा र आकर्षक डिजाइनका लागि उक्त मोडललाई निकै रुचाएका छन् । यो स्मार्टफोन उत्कृष्ट क्यामेरा खोज्ने प्रयोगकर्ताहरूको लागि शक्तिशाली प्रोसेसर सहित बनेको कम्पनीको दावी छ । 

विभिन्न रंगमा उपलब्ध यस फोनको डिजाइनले नयाँ स्टाइलसहित एक परिष्कृत रुप प्रदान गरेको छ । सामसुङ नेपालले यस स्मार्टफोन खरिद गर्न चाहने उपभोक्ताहरुका लागि आकर्षक योजना सहित प्रि–अर्डर घोषणा गर्ने दाबी गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप