शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

दीपेन्द्रको ‘चिसो मान्छे’ फागुनबाट फ्लोरमा

बिहीबार, ०८ माघ २०७७, ११ : ३४
बिहीबार, ०८ माघ २०७७


काठमाडौं । दीपेन्द्र के. खनालको निर्देशन रहने फिल्म ‘चिसो मान्छे’को सुटिङ फागुनबाट सुरु हुने भएको छ । निर्देशक खनालले फिल्मको सुटिङ फागुनको पहिलो साताबाट सुरु हुने जानकारी दिए ।

‘फिल्मको लेखन कार्य सकिएको छ । अब सुटिङको लागि तयारी गर्दैछु,’ निर्देशक खनालले भने ‘फागुनको पहिलो साताबाट फिल्म छायाँकनमा निस्कने तयारी भइरहेको छ ।’

अभिनेता अर्पण थापा र अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहने फिल्म ‘चिसो मान्छे’ शर्मिला पाण्डेले निर्माण गर्न लागेकी हुन् । मानिसहरुमा देखिएको नैराश्यताको कथामा बन्न लागेको फिल्मको लेखन निर्देशक खनाल आफैले गरेका छन् ।

फिल्मको छायाँकनसमेत निर्देशन दीपेन्द्र आफैंले गर्दैछन् । यस अगाडिको सुपरहिट फिल्म ‘आमा’मा पनि दीपेन्द्रकै छायाँकन निर्देशन रहेको थियो ।

२०७८ साल भदौ ११ गते प्रदर्शन मिति तोकिएको फिल्मको छायाँकन सुदूरपश्चिमका विभिन्न ठाउँमा हुने बताइएको छ । फिल्मको अन्य कलाकार र प्रविधिको सम्पूर्ण विवरण छायाँकन पहिले आयोजना हुने शुभमुर्हूत कार्यक्रममा सार्वजनिक गरिने निर्देशक खनालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप