शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रक्तचापको समस्यामा लसुनको सेवन घातक

बिहीबार, ०८ माघ २०७७, ११ : १३
बिहीबार, ०८ माघ २०७७

एजेन्सी । लसुन नेपाली भान्सामा धेरै नै प्रयोग हुने मसलामा पर्छ । यसले तरकारीको स्वाद बढाउँछ । यसको प्रयोगले शरीरलाई विभिन्न प्रकारका फाइदा पुर्याउँछ । तर, कुनै कुनै समस्यामा लसुनको सेवन घातक हुने चिकित्सकहरु बताउँछन् । 

रक्तचाप 
उच्च रक्तचापको समस्या भएका व्यक्तिहरुका लागि लसुनले फाइदा पुर्याउँछ । रक्तचापको समस्या भएको अवस्थामा लसुनको सेवनले रक्तचापलाई कम गराएर सन्तुलनमा ल्याउँछ । तर कम रक्तचाप हुने व्यक्तिले लसुनको सेवन गर्दा झन् रक्तचाप कम हुने र गम्भीर समस्या पैदा गराउँछ । 

हेमोग्लोबिनको कमी 
शरीरमा रगतको मात्रा कम भएको अवस्थामा लसुनको सेवन गर्न हुँदैन । 

टाउको दुख्ने समस्या 
यदि टाउको बारम्बार दुख्ने समस्या छ भने यस्तो अवस्थामा पनि लसुन खानुहुँदैन । 

लसुनमा एलिनेज नामक एन्जाइम पाइन्छ । जसले छालालाई चम्काउन मद्दत गर्छ । छालामा एलर्जी भएको अवस्थामा भने लसुनको सेवन गर्न हुँदैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप