
सुनको मूल्य बढ्यो, तोलामा कति पुग्यो ?

नेपाली बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ । केहीदिनयता बढ्दो क्रममा रहेको छापावाल सुन अघिल्लो दिनको तुलनामा ६०० रुपैयाँ बढेर तोलामा ९३ हजार १०० रुपैयाँमा कारोबार भएको हो । बुधबार छापावाल सुन तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै तेजावी सुन तोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच चाँदीको मूल्य पनि वृद्धि भएको छ । बुधबार तोलामा १२६० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार बढेर तोलामा १२७५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ