
अभिनेता अनुप बिक्रमले लन्च गरे ‘सेलेब्स ग्रिट्स’

काठमाडौं । सेलिब्रेटीहरुलाई फ्यान तथा शुभचिन्तकहरुसँग नजिकबाट साक्षातकार गराउने लक्ष्य सहित नेपालमा पहिलो पटक वेबसाइट र एप्लिकेशन लन्च भएको छ । वेभसाइट र एप्लिकेशन दुबैमा एकसाथ आएको ‘सेलेब्स ग्रिट्स’ले सेलिब्रेटी र फ्यानबीचको दुरी नजिक बनाउने विश्वास गरिएको छ ।
राजधानीमा आयोजित एक कार्यक्रमकाबीच उक्त वेबसाइटको अभिनेता अनुप बिक्रम शाहीले सुरुवात गरे । ‘सेलेब्स ग्रिट्स’को ब्राण्ड एम्बेस्टरमा समेत अभिनेता शाही नै अनुबन्धित भएका छन् ।
हाल यो एप्लिकेशनमा नेपाली फिल्मका अभिनेता, अभिनेत्री, गायक, संगीतकार, निर्देशक, खेलाडी कमेडियन, मोडललगायत ३० बढी सेलिब्रेटीहरु जोडिएको र भोलीको दिनमा अन्य धेरै सेलिब्रेटीहरुलाई पनि कनेक्ट गराउँदै लैजाने ‘सेलेब्स ग्रिट्स’का सिइओ इन्जिनियर समुल खड्काले जानकारी दिए ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ