शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सन्दीप दिल्ली क्यापिटल्सबाट बाहिर, ८ टोलीबाट ५७ खेलाडी रिलिज

बिहीबार, ०८ माघ २०७७, १० : १७
बिहीबार, ०८ माघ २०७७

इन्डियन प्रिमियर लिग (आईपीएल) को १४ औँ सिजनका लागि सबै टोलीले रिटेन र रिलिज गरिएका खेलाडीहरुको सूची बुधबार सार्वजनिक गरेको छ । आईपीएलका ८ फ्रेन्चाइजीले यस वर्ष कूल ५७ खेलाडीलाई रिलिज गरेका छन् ।

यसमा नेपाली युवा खेलाडी सन्दीप लामिछाने पनि परेका छन् । सन्दीपलाई उसको टोली दिल्ली क्यापिटल्सले रिलिज गरेको हो । गत सिजन उनले टोलीबाट खेल्ने अवसरसमेत पाएनन् । टोलीबाट सन्दीपसहित मोहित शर्मा, तुषार देशपान्डे, कीमो पाल, एलेक्सी केरी र जेसन रोय रिलिज भएका छन् । टोलीले ६ जना खेलाडीलाई रिलिज गर्दा १९ जनालाई भने पुनः टिममा रिटेन गरेको छ ।

रोयल च्यालेन्जर्स बैंग्लुरुले सर्वाधिक १० खेलाडी रिलिज गरेको छ भने पञ्जाबले ९, राजस्थानले ८, मुम्बईले ७, दिल्लीसहित चेन्नई, कोलकाताले ६–६ र हैदराबादले ५ खेलाडीहरुलाई रिलिज गरेको छ ।

सबैभन्दा अश्चर्यजनकरुपमा राजस्थानले कप्तान स्टीभ स्मिथलाई टीमबाट बाहिर गरेको छ । स्मिथ रिलिज हुने सबैभन्दा महँगो खेलाडी हुन् । उनको स्थानमा अब सञ्जु स्यामसनले कप्तानी सम्हाल्नेछन् ।

त्यस्तै, १०.७५ करोड रुपैयाँ मूल्य भएका ग्लेन म्याक्सवेललाई पन िपञ्जाबले रिलिज गरेको छ । गत सिजन उनको खासै राम्रो प्रदर्शन गर्न सकेका थिएनन् । महँगो खेलाडी रिलिज हुनेमा क्रिस मोरिस, बैग्लुरु, शेल्डन काटरेल, पञ्जाब र केदार जाधव, चेन्नई रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप