बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ओली सरकारलाई सिंहदरबारबाट गलहत्याउनुको विकल्प छैन : नेता गिरी

बिहीबार, ०८ माघ २०७७, ०९ : ५०
बिहीबार, ०८ माघ २०७७

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य किरण गिरीले कम्युनिस्टहरू लोकतान्त्रिक हुन नसक्ने बताएका छन् । काठमाडौंको नागार्जुना नगरपालिकाको वडा नम्बर ७ मा बिहीबार बिहान आयोजित प्रतिनिधिसभा विघटनविरुद्धको विरोधसभालाई सम्बोधन गर्दै उनले असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध काँग्रेसले सशक्त रुपमा आन्दोलन गरिरहेको बताए ।

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटन गरेर कम्युनिस्टहरू लोकतन्त्रलाई मान्दैनन् भन्ने सन्देश दिएको गिरीको भनाइ छ ।

उनले काँग्रेसका लागि ओली सरकारलाई सिंहदरबारबाट गलहत्याएर जानेभन्दा अर्को विकल्प नरहेको बताए ।

निर्वाचनका बेला काँग्रेसलाई घेराबन्दी गरेर एमाले र माओवादीले व्यक्ति स्वार्थका लागि अपवित्र गठबन्धन गरेर झण्डै दुईतिहाइको बहुमत पाउँदा पनि सरकार चलाउने सामर्थ राख्न नसकेको गिरीको भनाइ छ । 

गिरीले भने, ‘कम्युनिस्टहरू कहिल्यै पनि लोकतन्त्रलाई मान्दैनन् । निरंकुश र अधिनायकवादी हुन्छन् । झण्डै दुई तिहाइ ल्याउँदा पनि प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेर त्यसको संसद दिनुभएको छ ।’

यस्तै नेता सरकारले प्रदेश १ र बागमतीको प्रदेश सभालाई अनिश्चितकालीन समयका लागि स्थगित गरेको आक्रोश व्यक्त गरे ।

गिरीले कम्युनिस्टहरूबाट काँग्रेसले सत्ताच्युत गर्ने  बेला आएको जिकिर गरे। कार्यक्रममा नागर्जुन नगरपालिका– ७ का वडा सभापति देबेन्द्र गिरी, महािधवेशन प्रतिनिधि रीता दवाडी, महासिमित सदस्य दामोदर गौतम लगायतले ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमको विरोध गरेका थिए ।

विरोध कार्यक्रममा काँग्रेस स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप