
प्रतिनिधिसभा विघटनविरुद्ध काँगेस आज वडास्तरीय विरोध प्रदर्शनमा

काठमाडौं । प्रतिनिधिसभा विघटनको घटनाविरुद्ध नेपाली काँग्रेस आज ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन गर्दै छ ।
संविधानमा भएको ब्यवस्था प्रतिकुल र जनभावना विपरीत संसद विघटन गरिएको भन्दै काँग्रेसले असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपिल गरेको छ ।
काँग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचद्र पौडेलले वडा स्तरीय प्रदर्शनमा घरघरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाउन पार्टीका सबै कार्यकर्ता र लोकतन्त्रवादीहरुलाई अपिल गरेका हुन् ।
काँग्रेसले यसअघि पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन सम्पन्न गरिसकेको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ