शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

चीनले बनायो ४ हजार जना अट्ने विशाल ‘क्वारेन्टिन क्याम्प’

बिहीबार, ०८ माघ २०७७, ०८ : ४६
बिहीबार, ०८ माघ २०७७

चीनले चार हजारजना अट्ने विशाल क्वारेन्टिन क्याम्प बनाउने आफ्नो योजनालाई तीब्रता दिइरहेको छ । यो महिना कोभिड–१९ को संक्रमण पुनः सुरु भएपछि चीनका करोडौं जनता कडा लकडाउनमा छन् । 

उक्त क्वारेन्टिन क्याम्प हेबेईको प्रान्तीय राजधानी सिजियाझुआङमा अवस्थित छ । यसले देशको राजधानी बेइजिङलाई घेरेको छ । 

चीनले भाइरसको संक्रमणलाई व्यापक रुपमा नियन्त्रण गर्न सफल भएको छ । देशका केही भाग साधारण जीवनमा फर्किसकेका छन् । यद्यपि, लुनार नयाँ वर्ष नजिकिँदै गरेको अवस्थामा अचानक संक्रमितको संख्या बढ्नुले अधिकारीलाई सचेत बनाइदिएको छ । लुनार नयाँ वर्ष चीनको ठूलो चाडमध्येको एक हो । यतिबेला लाखौं मानिसहरुले आफ्ना परिवारलाई भेट्ने अनुमान गरिएको छ । 

कोरोनाको आकस्मिक फैलावटको केन्द्र बनेको सिजियाझुआङका अधिकारीले त्यहाँ व्यापक मात्रामा परीक्षण र कडा लकडाउन लागू गरेका छन् । यहाँका पूरा गाउँलाई नै केन्द्रीकृत क्वारेन्टिन स्थलमा परिणत गरेको छ । यसो गरेर त्यहाँका अधिकारी भाइरसको फैलावट रोक्न चाहन्छन् । 

यो नयाँ क्वारेन्टिन क्याम्पमा कोरोनाका बिरामीसँग नजिकको सम्पर्कमा रहेका मानिसहरुलाई राख्ने बताइएको छ । 

सुरुमा ३ हजार व्यक्ति अट्ने क्याम्प बनाउने योजना बनाइएको थियो तर हाल यसको क्षमता वृद्धि गरेर ४ हजार १ सय ६० जना अट्ने बनाइएको छ । पहिलो चरण पार गर्नका लागि ४ हजार कर्मचारीले ६ दिनसम्म दिन र रात काम गरेको सिजियाझुआङका उप मेयर मेङ जियाङ्गहोङले मंगलबार जानकारी दिए । 

जनवरी १३ तारिखदेखि यो क्याम्पको निर्माण गर्न सुरु गरिएको हो । पहिलो चरणको काम पूरा भएपछि अब यो प्रयोगका लागि तयार भइसकेको छ । दोस्रो चरणको निर्माण कार्य जारी रहने राज्य सञ्चालित सीसीटिभीले जानकारी दिएको छ । 

प्रत्येक कोठाको नाप १८ स्क्वायर मिटर छ । यसमा नीजि बाथरुम, नुहाउने स्थल, डेस्क, मेच, बेड, वाइफाइ र टेलिभिजन सेट पनि हुने सिसिटीभीले जानकारी दिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप