तेस्रो डिभिजनको टोलीसँग रियलको लज्जास्पद हार

युरोपियन महारथी रियल म्याड्रिडले १० खेलाडीमा सिमित तेस्रो डिभिजनको टोली अल्कोयानोसँग कोपा डेल रेमा लज्जास्पद हार ब्यहोरेको बनेको छ । बुधबार राति भएको खेलमा रियल अतिरिक्त समयमा २–१ गोलले पराजित बनेको हो ।
जिनेदिन जिदानको टोलीले एडर मिलिटाओको गोलको मद्दतले अग्रता लिएको थियो । तर, खेल सकिन १० मिनेट बाँकी छँदा होजे सोल्बेसले गोल गर्दै खेल बराबरी गरे ।
अतिरिक्त समयमा खेल प्रवेश गरेपछि ११० औँ मिनेटमा रामोन लोपेजले दोस्रो पहेँलो कार्ड खाएपछि अल्कोयानो १० खेलाडीमा सिमित बनेको थियो । तर, त्यसको पाँच मिनेटपछि जुआनानले गोल गर्दै टोलीलाई ऐतिहासिक जीत दिलाए ।
रियलले १९ पटक कोपा डेल रेको उपाधि जितेको छ । तर, पछिल्लो सात वर्ष यस उपाधिबाट टोली बञ्चित रहँदै आएको छ । सन् १९९३ पछि रियलले मात्र दुई पटक यो उपाधि जितेको छ । सन् २००१ यता रियल पाँचौ पटक तेस्रो डिभिजन टोलीसँग हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ ।
‘म यसको जिम्मेवारी लिन्छु,’ जिदानले खेलपछि भने । सुपरकपमा एथ्लेटिक बिल्बाओसँग हार ब्यहोरेको टोलीमा जिदानले ९ वटा परिवर्तन गरेका थिए ।
क्लबलाई तीनवटा च्याम्पियन्स लिग उपाधि दिलाएका जिदान पछिल्लो समय निकै दबाबमा छन् । रियल ला लिगामा शीर्ष स्थानमा रहेको एथ्लेटिको म्याड्रिडभन्दा चार अंकले पछि परेको छ । एथ्लेटिकोले दुई खेल कम खेलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धरानलाई हराउँदै काठमाडौँ फाइनलमा प्रवेश
-
यस्तो देखियो नेपालले हार्दा, तस्बिरहरु
-
राप्रपाको युवा संगठनद्वारा विरोध प्रदर्शन, रामहरि खतिवडाको पुत्ला दहन
-
प्रचण्डमा तीव्र निराशा र छटपटाहट देखिन थाल्योः शंकर पोखरेल
-
जादरानले तोडे च्याम्पियन्स ट्रफीको कीर्तिमान
-
एसपिए कैलाली प्रिमियर लिग–३ को उपाधि भिमदत्तले जित्यो