शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

आगामी तीन दिनको मौसम पूर्वानुमान

बिहीबार, ०८ माघ २०७७, ०८ : ०५
बिहीबार, ०८ माघ २०७७

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । 

महाशाखाका अनुसार हाल देशको पूर्वी र मध्य भूभागमा बंगलादेश र आसपासमा बनेको निम्न चापीय प्रणालीको प्रभाव रहेको छ।

यसैगरी, हाल देशका विभिन्न स्थानहरु प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको र तराईका अधिकांश स्थानहरुमा हुस्सु र कुहिरो लागेको अवस्था रहेको महाशाखाले जनाएको छ । 

आगामी तीन दिनको मौसम पूर्वानुमानः

बिहिबार:

दिउँसोः प्रदेश नं १, प्रदेश नं २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ। 

रातिः प्रदेश नं १, प्रदेश नं २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही देशका बाँकि भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ।  

शुक्रबारः

दिउँसोः  प्रदेश नं १, बागमती, लुम्बिनी, सुदूरपश्चिम र गण्डकी प्रदेशमा आंशिक बदली रही देशका बाँकि भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

रातिः सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भूभागहरुमा आंशिक बदली रहनेछ।

शनिबारः

दिउँसोः  सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भूभागहरुमा आंशिक बदली रहनेछ।

रातिः पहाडी भूभागहरूमा आंशिक बदली रहि बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप