शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

डोनाल्ड ट्रम्पले निभाए अन्तिम परम्पराः लेखे जो बाइडेनको नाममा चिट्ठी

बिहीबार, ०८ माघ २०७७, ०७ : ३३
बिहीबार, ०८ माघ २०७७

अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्लिे भलै धेरै नै परम्परा तोडेका छन् तर उनले राष्ट्रपतिको कार्यालयमा आफ्ना उत्तराधिकारी जो बाइडेनका लागि पत्र छोड्ने परम्परा भने निभाएका छन् । 

यद्यपि, उनले यो पत्रमा के लेखेका छन्, त्यसबारे केही थाहा छैन तर राष्ट्रपति जो बाइडेनले उक्त सन्देशलाई निकै उदार बताएका छन् । 

बाइडेनको भनाई उद्धृत गर्दै सीएनएनले लेखेको छ, ‘यो निकै नीजि थियो त्यसैले उनीसँग कुरा नगरिकन म यसबारे केही भन्ने छैन । ’

यो पत्रमा ट्रम्पले बाइडेनका लागि के लेखेका छन् ? यो प्रश्नको जवाफमा प्रेस सेक्रेटरी जेन पास्कीले भनिन्, ‘उहाँले उक्त पत्र खोलेर हेर्ने बेला म उहाँसँगै अफिसमा थिएँ । उहाँले यसलाई उदार र अनुकूल बताउनुभएको छ ।’

‘उहाँले यो नीजि पत्रमा के लेखिएको छ भनेर सार्वजनिक नगर्ने बताउनुभएको छ । हाल ट्रम्प र बाइडेनबीच कुराकानीको कुनै योजना छैन ।’

साकीले भनिन्, ‘म यसलाई पूर्व राष्ट्रपतिबीच लामो टेलिफोन वार्ताको संकेतको रुपमा पनि हेर्दिनँ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप