ad
केन्द्रीय संस्करण

डोनाल्ड ट्रम्पकी छोरी टिफनीले ह्वाइट हाउसमा गरिन् ‘इन्गेजमेन्ट’

person explore access_timeमाघ ८, २०७७ chat_bubble_outline0

डोनाल्ड ट्रम्पकी कान्छी छोरी टिफनी ट्रम्पले ह्वाइट हाउसमा इन्गेजमेन्ट गरेकी छिन् । आफ्ना राष्ट्रपति पिताको कार्यकालको अन्तिम दिनमा उनले इन्गेजमेन्ट गरेकी हुन् । उनले माइकल बुलोससँग आफ्नो इन्गेजमेन्टको फोटो ट्वीटर अकाउन्टमा पनि सेयर गरेकी छिन् । 

मंगलबार ट्वीटरमा फोटो सेयर गर्दै टिफनी ट्रम्पले लेखेकी छिन्, ‘ ह्वाइट हाउसमा ऐतिहासिक अवसरको उत्सव मनाउन पाउनु र आफ्नो परिवारसँग बस्न पाउनु एक सम्मान हो, तर प्रेमी माइकलसँग गरेको इन्गेजमेन्टभन्दा ती सबै सम्मानभन्दा विशेष छ । अब हामी हाम्रो जीवनको अर्को अध्यायका लागि खुसी छौं ।’

२७ वर्षकी टिफनी डोनाल्ड ट्रम्प र उनकी दोस्री श्रीमती मार्ला मेपल्सकी एक्ली सन्तान हुन् । रिपोर्टका अनुसार टिफनी जर्ज टाउन विश्वविद्यालयको कानून विद्यालयबाट स्नातक गरेकी छिन् । टिफनीका प्रेमी माइकल बुलोस २३ वर्षका छन् र उनी नाइजेरियाली उद्योगपतिका छोरा हुन् । 

स्मरण रहोस्, अमेरिकी राष्ट्रपतिको पदबाट हटिसकेपछि डोनल्ड ट्रम्प आफ्नी श्रीमती मेलानिया ट्रम्प र परिवारसमेत ह्वाइट हाउस छोडिसकेका छन् । ह्वाइट हाउस छोडेपछि ट्रम्पका लागि जोइन्ट बेस एन्ड्रूजमा विदाई समारोह आयोजना गरिएको थियो । त्यहाँ ट्रम्पले अन्तिम पटक सम्बोधन गरे । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.