
असुरक्षित अपार्टमेन्ट, अनुगमन छैन

काठमाडौं उपत्यकालगायत देशका मुख्य सहरी क्षेत्रमा आवास प्रयोजनका लागि निर्माण भएका गगनचुम्बी अपार्टमेन्ट तथा ठूला व्यापारिक भवन आगलागीलगायत प्रकोपको दृष्टिले असुरक्षित देखिएका छन् ।
अपार्टमेन्ट तथा ठूला भवनले बढी फाइदा कमाउन तोकिएको मापदण्ड पूरा नगर्ने, मापदण्डविपरीत निर्माण गर्ने तथा कमसल सामग्री प्रयोग गर्दा सुरक्षामा समेत खतरा उत्पन्न भएको हो । अपार्टमेन्ट तथा ठूला भवनको निर्माणका क्रममा मापदण्ड पूरा गरे÷नगरेको विषयमा सम्बन्धित निकायबाट अनुगमन पनि नहुँदा आगलागीलगायतका दृष्टिले त्यस्ता अपार्टमेन्ट तथा भवनमा झनै खतरा देखिएको हो ।
संयुक्त आवासको स्वामित्वसम्बन्धी नियमावली, २०६० मा संयुक्त आवास भवन निर्माण तथा सञ्चालन भए नभएको सम्बन्धमा अनुगमन तथा निरीक्षण गर्न सकिने व्यवस्था छ भने नियमविपरीत आवास भवन निर्माण तथा सञ्चालन गरेको देखिएमा कार्य गर्न रोक लगाउन सक्ने व्यवस्था छ । तर सहरी क्षेत्रमा नियमविपरीत भवन निर्माण भए पनि सरोकारवाला निकायले चासो दिएको पाइएको छैन ।
काठमाडौं रविभवनस्थित सोल्टी सिटीमा केही दिनअघि मात्र आगलागी भयो । आगो नियन्त्रणका लागि गएको टोलीले अपार्टमेन्टमा प्रवेश गरेर आगो नियन्त्रणको प्रयास गर्दा अपार्टमेन्टमा जडान गरिएका अग्नि नियन्त्रणसम्बन्धी उपकरणले काम नै नगरेको पाइएको छ । अपार्टमेन्टमा आकस्मिक रूपमा निस्कन मिल्ने द्वार र भ¥याङ भित्र र बाहिर दुवै ठाउँमा हुनुपने मापदण्डसमेत पूरा नगरेको पाइएको छ ।
आजको राजधानी दैनिकमा समाचार छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ