शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बाइडेनको ट्रम्पमाथि निशानाः भने, ‘शक्ति र लाभका लागि झुटो बोलियो’

बिहीबार, ०८ माघ २०७७, ०५ : ५७
बिहीबार, ०८ माघ २०७७

अमेरिकाको ४६ औं राष्ट्रपतिको पदको शपथ लिएपछिको पहिलो भाषणमा जो बाइडेनले आफूले राष्ट्रपतिको पद सम्हालेको दिनलाई अमेरिकाको दिन, लोकतन्त्रको दिन र इतिहास र आशाको दिन बताएका छन् । 

उनले भने, ‘अमेरिकाको थुप्रै पटक परीक्षा भए र ऊ चुनौतीबाट माथि उठेको छ । आज हामी एक उम्मेद्वारको जीतको उत्सव मनाइरहेका छैनौं, लोकतन्त्रको उत्सव मनाइरहेका छौं ।’ 

बाइडेनले थपे, ‘हामीले पुनः सिकेका छौं कि लोकतन्त्र मूल्यवान् छ । लोकतन्त्र नाजुक छ र यो समयमा, मेरा साथीहरु, लोकतन्त्र कायम छ ।’

उनले संसद् भवनमा भएको हिंसाको कुरा उठाउँदै भने, ‘केहि दिन अघि भएको हिंसाले यो पवित्र स्थल संसद् भवनलाई हल्लाएको थियो, हामी आज एक राष्ट्रको रुपमा सँगै छौं । ईश्वरको छायामा हामी शान्तिपूर्वक तरिकाले शक्तिको हस्तान्तरण गरिरहेका छौं जुन हामी दुई शताब्दिदेखि गर्दै आएका छौं ।’

बाइडेनले आफूले दुबै पार्टीका आफ्ना पूर्व नेताहरुलाई धन्यवाद दिने बताए । स्मरण रहोस्, यो समारोहमा पूर्व राष्ट्रपति बिल क्लिन्टन, जर्ज बुश र बराक ओबामाको पनि उपस्थिती थियो । यद्यपि, पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प यो कार्यक्रममा सहभागि थिएनन् । 

कार्यकालका चुनौतीबारे पनि कुरा गरेः

यतिबेला उनले आफ्नो कार्यकालमा देखिएको चुनौतीको पनि कुरा उठाए । उनका अनुसार कोरोना महामारी र ‘ह्वाइट सुप्रिमेसी’ बढ्नु चुनौती हुने र उनले ‘यसको सामना गरेर यसलाई हराउने’ बताएका छन् । 

उनले आफ्नो चुनाव अभियानको नारा दोहोराउँदै भने, ‘अमेरिकाको भविष्यको आत्मालाई बहाल गर्नेछौं ।’

बाइडेनले भने, ‘लोकतन्त्रमा जुन सबैभन्दा मुश्लिक चिजको आवश्यकता हुन्छ, त्यो हो एकता ।’

उनले थपे, ‘जुन शक्तिले हामीलाई बाँड्ने कोसिस गर्यो त्यो सक्कली हो तर नयाँ होइन । लडाईं सधैं जारी रहनेछ र जीत जहिल्यै पनि सुनिश्चित हुँदैन । इतिहास, आस्था र कारणहरुले नै एकताको मार्ग देखाउँछ ।’

‘चिच्याउन बन्द गर्नुहोस् र आफ्नो पारा पनि कम गर्नुहोस् । त्यहाँ एकताको शान्ति हुन सक्दैन । एकता नै भविष्यको बाटो हो ।’

भाषणमा कमला ह्यारिसको पनि कुरा गरेः

अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेनले कमला ह्यारिस पहिलो महिला उप–राष्ट्रपति बनेको बारे पनि कुरा गरे । 

उनले भने, ‘जहाँ हामी छौं त्यहाँ १०८ वर्ष अघि हज्जारौं प्रदर्शनकारीले बहादुर महिलालाई मतदानको अधिकारबाट रोक्ने कोसिस गरेका थिए ।’

‘आज हामी अमेरिकी इतिहासमा पहिलो महिला उप–राष्ट्रपतिको शपथ लिइरहेको देखिरहेका छौं । मलाई नभन्नुहोस् कि परिवर्तन गर्न सकिँदैन ।’

राष्ट्रपति जो बाइडेनले आफ्नो भाषणका बेला कोभिड–१९ का कारण मारिएका मानिसहरुमा शोकमा मौनधारण पनि गरे । 

ट्रम्पमाथि पनि निशानाः

भाषणका बेला बाइडेनले एक अमेरिकीको रुपमा सबैको उद्देश्य साझा भएको बताए । उनले भने, ‘हामी अवसर, सुरक्षा, स्वतन्त्रता, गरिमा, सम्मान र ... हो.... वास्तविकता चाहन्छौं ।’

‘पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले चुनावमा धाँधली भएको छ भनेर आरोप लगाइरहे ।’

बाइडेनले पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पको नाम नलिइकनै भने, ‘अघिल्लो हप्ताका केही घटनाले यहाँ साँचो पनि छ र भुटो पनि छ भनेर सिकाएको छ । शक्ति र लाभका लागि झुटो बोलिए ।’

उनले भने, ‘रातोलाई निलो बनाउने असभ्य युद्ध समाप्त गर्नुपर्नेछ ।’

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप