शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हामी नेपालीको सद्भावना दूतमा घले

बिहीबार, ०८ माघ २०७७, ०० : २४
बिहीबार, ०८ माघ २०७७

काठमाडौं । विश्वभरका नेपालीहरुलाई जोड्ने अभियानमा रहेको ‘हामी नेपाली ग्लोबल’ को केन्द्रीय कार्यसमितिले एटलान्टा निवासी सामाजिक अभियन्ता तथा व्यवसायी राजा घलेलाई अमेरिकाको नर्थ तथा साउथको  सद्भावना दूत नियुक्त गरेको छ ।

डायस्पोरास्थित नेपाली समुदायको विकासमा सक्रिय रहेकाले घलेलाई सम्मान गरिएको संस्थाका अध्यक्ष अमृत लामाद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।  घले अमेरिकाको दक्षिण–पूर्वी क्षेत्रका लागि नेपाल पर्यटन बोर्डका सद्भावना दूत समेत हुन् । ‘हामी नेपाली ग्लोबल’ को सद्भावना दूत बन्न पाउँदा गर्व र खुसी लागेको प्रतिक्रिया घलेले दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप