अब भएको घाउ चाँडै निको हुनुका साथै काटिएका शारीरिक अङ्ग आफै जोडिने
अस्ट्रेलियाका वैज्ञानिकले एउटा यस्तो 'स्टेम सेल' (मूल कोशिका ) पत्ता लाएका छन् जसमा पुनरुत्पादन क्षमता ( रिजेनेरेटिभ एबिलिटी ) हुन्छ । वैज्ञानिकहरुले यसलाई 'स्मार्ट स्टेम सेल' भनी नामाकरण गरेका छन् ।
यस 'सेल'को सहायताले कुनै किसिमको घाउ, काटिएको शारीरिक अङ्गलाई पुरानै स्वस्थ अवस्थामा ल्याउन सक्छ। यति मात्र होइन, यस 'स्मार्ट सेल'को प्रयोगले शरीरका जुनसुकै अङ्गको पुनर्निर्माण गर्न पनि सम्भव छ।
विज्ञानको भाषामा यसलाई 'मल्टीपोटेन्ट स्टेम सेल' (Multipotent Stem Cell) भन्न थालिएको छ। सबैभन्दा विस्मयकारी कुरा के हो भने यी 'स्मार्ट स्टेम सेल' प्रत्येक मानिसमा हुन्छन् र प्रत्येक मानिसबाट सजिलै यी 'सेल' प्राप्त गर्न सकिन्छ। वैज्ञानिहरुका अनुसार यी 'सेल' अरु केही नभएर मानिसको शरीरमा रहेको तैलीय पदार्थ (फ्याट ) को 'रिप्रोग्राम्ड भर्जन' हो।
अनलाइन साइन्स जर्नल ‘साइन्स एडभान्’समा प्रकाशित रिपोर्टका अनुसार यी 'स्मार्ट सेल' को मूसामा सफल प्रयोग भइसकेको छ। वैज्ञानिकहरु मानिसमा यसको प्रयोग गर्नुभन्दा पहिला अन्य जानवर माथि यसको 'प्रयोग र अनुसन्धान’ गर्न चाहन्छन् ।
शोधमा संलग्न यूनिभर्सिटी अफ न्यू साउथ वेल्स (UNSW) को 'हेमाटोलोजी'का प्रोफेसर जोन पिमान्डा भन्छन् - विज्ञानले अहिलेसम्म यस प्रकारको 'स्टेम सेल' विकसित गरेको थिएन । यस 'सेल'को विशेषता के हो भने यो एकदम छिट्टै वरिपरीको वातावरणमा मिश्रित हुन्छ। यसको यस गुणले घाइते अथवा क्षतिग्रस्त शारीरिक 'टिस्यू' आफै 'रिकभर' हुन्छन्। यो ठीक त्यसरी नै काम गर्छ, जसरी छेपारोले आफ्नो रंग बद्लिने गर्छ, माउसुलीको पुच्छर काटिँदा नयाँ पुच्छरको विकास हुन्छ।
जोन पिमान्डा भन्छन्, अहिलेसम्म 'सेलोलोजी' ( कोशिका विज्ञान ) मा यस किसिमको 'एडप्टिव स्टेम सेल' को विकास हुन सकेको थिएन।
उनका अनुसार उनको अनुसन्धान टोलीले प्रयोगशालामा जुन 'स्मार्ट स्टेम सेल' बनाएको छ, त्यो मानव शरीरमा हुने 'फ्याट सेल'मा एउटा कम्पाउण्ड मिश्रित गरी बनाइएको हो। यस कम्पाउण्ड मिश्रणले 'फ्याट सेल' प्रयोग गरिएको ठाउँमा आफू विलीन हुँदै त्यहाँका क्षतिग्रस्त 'सेल' लाई पुनर्जीवन दिने काम गर्छ। कुनै पनि 'सेल' मा आफ्नो विशिष्ट पहिचान बोकेका 'साइलेन्सिङ मार्क्स' हुन्छन्। 'फ्याट सेल' को यही 'साइलेन्सिङ मार्क्स' समाप्त हुने रसायन प्रयोग गरेर यिनलाई 'स्मार्ट स्टेम सेल'का रूपमा प्रत्यारोपण गरिन्छ।
जोन र उनका सहकर्मीले मानिसको 'फ्याट सेल' बाट बनाइएका 'स्मार्ट स्टेम सेल'को मूसामा प्रयोग गरे। स्वस्थ मूसा माथि यी 'सेल' को कुनै प्रभाव परेन। तर मूसामा घाउ हुन साथ 'स्टेम सेल एक्टिभ' बने। घाउ नजिकका क्षतिग्रस्त कोशिका (सेल ) र टिस्यूको प्रवृत्ति अनुसार विकसित भएर प्रत्यारोपित गरिएका 'स्टेम सेल' ले त्यो घाउ छिट्टै नै निको बनाए। मूसामा पाइएको सफलताले वैज्ञानिकहरुलाई उत्साहित बनाएको छ। उनीहरुका अनुसार आउने भविष्यमा हामी यी 'स्मार्ट सेल' को प्रयोगले मानिस शरीरका मांसपेशी, हाड, कार्टिलेज अथवा क्षतिग्रस्त भएका रगतवाहिनी (नसा) लाई 'पुननिर्माण' गरेर पहिला कै स्वस्थ अवस्थामा ल्याउन सकिनेछ।
अनुसन्धानका प्रमुख अवनी येओला भन्छन्, ‘कुनै पनि कोशिकालाई 'स्टेम सेल' मा रूपान्तरित गर्न सक्ने प्रविधि पहिलादेखि नै उपलब्ध छ तर त्यसका केही सीमाना छन्। जस्तै शरीरको जुन ठाउँको कोशिका अथवा टिस्यूलाई 'रिपेयर' गर्ने आवश्यकता हुन्छ, त्यही ठाउँका 'सेल'बाट 'स्टेम सेल' बनाउनु पर्ने बाध्यता हुन्छ। तर अहिले खोजिएको 'स्मार्ट स्टेम सेल' जुनसुकै ठाउँमा प्रयोग गर्न सकिन्छ र यो सबै ठाउँमा प्रभावकारी ढङ्गले काम गर्छ। यो 'स्मार्ट स्टेम सेल' कुनै पनि ठाउँका कोशिका र टिस्यूसँग एकाकार भई चमत्कारिक ढंगले ती कोशिका र टिस्यूलाई पहिलाका झैँ स्वस्थ दुरुस्त बनाउन सक्छ ।
अवनीले बताए, 'स्मार्ट स्टेम सेल' बाट कुनै किसिमको 'साइड इफेक्ट' अथवा अतिरिक्त टिस्यू - कोशिकाको वृद्धि हुँदैन। यस प्रविधिको सहायताले हामी कुनै पनि किसिमको घाउ- चोटपटकको उपचार गर्नुका साथै घाइते भएका अङ्गलाई स्वस्थ बनाउनुका साथै आवश्यक पर्ने कुनै पनि शारीरिक अङ्ग बनाउन पनि सक्छौ। नक्क्ली अङ्ग होइन, साबिक अनुसारको एकदम सककली अङ्ग बनाउन सक्छौं।
मानिस शरीरभित्र रहेका जहाँसुकैका, जुनसुकै अङ्गका (हृदय, मस्तिष्क, हाड अथवा शरीरभित्रका कुनै पनि अङ्गका) कोशिका हुन्, दुरुस्तै बनाउन सकिन्छ। स्मरणीय के छ भने यी सबै अङ्गका शरीरको अङ्ग प्रत्यङ्गका कोशिकाको डीएनए एउटै हुन्छ। बेग्ला बेग्लै शारीरिक अङ्ग र तिनका कोशिकाको काम पृथक पृथक भए पनि सबैको डीएनए एउटै हुन्छ। शरीरमा प्राकृतिक ढंगले हुने परिवर्तनलाई डीएनएले विरोध गर्दैन वरु त्यसलाई सहज स्वीकार गर्छ।
अनुसन्धानमा संलग्न यूनिभर्सिटी अफ न्यू साउथ वेल्सका वरिष्ठ प्रोफ़ेसर डॉ चंद्रकाथन भन्छन्, विज्ञानको हातमा गजबको प्रविधि आएको छ। भविष्यमा यसबाट चमत्कारिक उपलब्धि नै सम्पादित हुन्छन्। यस प्रविधिले हामी रोगी, थाकेका, कुनै कारणले आफ्नो कार्य सम्पादन गर्न अशक्त रहेका, दुर्घटनाले क्षतिग्रस्त भएका जुनसुकै अङ्गको उपचार गर्नुका साथै आवश्यक परे ती अङ्गलाई पुनः बनाउन सक्छौं। उनका अनुसार यस प्रविधिलाई पूर्णरूपेण विकसित हुन १५ वर्ष जतिको समय लाग्छ।
आशा गर्न सकिन्छ– भविष्यमा 'किडनी फेलियर' भएका कुनै पनि व्यक्तिले दाता अथवा नाताका ‘भान्जी’ खोजी राख्नु पर्दैन। उसका आफ्नै 'स्मार्ट स्टेम सेल'ले किडनी त के मुटु मस्तिष्क नै नयाँ बनाएर फेर्न सकिन्छ।
रोचक टिप्पणी - रातोपाटीमा प्रकाशित हुने विज्ञानसम्बन्धी समाचार पढेपछि लेखक शरतचन्द्र बस्ती भन्नु हुन्छ, होइन अबको दस वर्ष बाँच्न सकियो र २०-३० करोड रुपियाँ कमाउन सकियो भने अमर नभए पनि मृत्युलाई भने धेरै पर धकेलन सकिने पो रहेछ। आधुनिक विज्ञानले हासिल गरेका उपलब्धिबारे तपाईंको प्रतिक्रिया अथवा विचार के छ ? लेखिपठाउनोस् है !
Title Photo: https://cdn-prod.medicalnewstoday.com/
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सात लाख बढीको भन्सार छलीको समान बरामद
-
सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क
-
घट्न थाल्यो डेंगु सङ्क्रमण, जोखिम कायमै रहने
-
बाढीले बागमती कोरिडोरमा भएको क्षतितर्फ सरकारको अझै पुगेन ध्यान (तस्बिरहरू)
-
हेटौँडा–१२ : नागरिकको घरघरमा कांग्रेस उम्मेदवार तिवारी
-
एमाले तेह्रथुममा संस्थापनलाई पराजित गर्न दुङ्गानाले बेहोरेको सकस