सपथ बहिष्कार गरेका ट्रम्पलाई पनि बाइडेनले दिए धन्यवाद
एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले एकताका पक्षमा सधैं उभिने बताएका छन् । बाइडेनले ४६ औं राष्ट्रपतिका रुपमा सपथ लिएपछि संसद् भवनबाट पहिलोपटक जनतालाई सम्बोधन गरेका हुन् । उनले भने, ‘यो अमेरिकाको दिन हो । यो लोकतन्त्रको दिन हो । यो आशाको दिन हो । आज हामी कुनै उम्मेदवारको खुसीयाली मनाउन जुटेका होइनौं, हामी लोकतन्त्रका लागि जुटेका हौं । हामीले फेरि एकपटक बुुझेका छौं कि लोकतन्त्र अमूल्य छ र नाजुक पनि छ, तर लोकतन्त्र यहाँ कायम छ ।’
उनले संसद् भवन आक्रमणको घटनाबारे पनि बोले । ‘केही दिनअघि यहाँ भएको हिंसाले सबैलाई हल्लाइदिएको थियो, जबकी दुुई सय वर्षदेखि सत्ताको शान्तिपूर्ण हस्तान्तरण भइरहेको थियो,’ उनले भने । आफ्नो सम्बोधनमा बाइडेनले ट्रम्पको नाम लिएनन्, तर धन्यवाद् भने दिए । ट्रम्पले बाइडेनको सपथ समारोह बहिस्कार गरेका थिए । जबकी, पूर्व राष्ट्रपतिहरु बिल क्लिन्टन, जर्ज डब्ल्युु बुुस र बाराक ओबामा भने सहभागी थिए । ‘म दुुबै दलका पूर्व राष्ट्रपतिहरुलाई धन्यवाद दिन चाहन्छु । ती राष्ट्रपतिलाई पनि सलाम, जो यहाँ आएनन्, तर उनलाई अमेरिकाको सेवा गर्ने मौका मिल्यो ।’
मुस्किल समय
बाइडेनले भने,‘हामीले अझै लामो बाटो तय गर्न बाँकी छ । धेरै कुरा गर्न बाँकी छ । हामीले धेरै बनाउनु छ, धेरै हासिल गर्नुुछ । अहिले जस्तो मुस्किल अवस्था अमेरिकीहरुले पहिले देखेकै थिएनन् । दोस्रो विश्वयुद्धमा पनि यस्तो भएको थिएन । दशौं लाखको रोजगारी गुुमेको छ । दशौं लाखको कारोबार बन्द भएको छ । चरमपन्थ, स्वेत सर्वोच्चतावाद, आतंकवादलगायतको हामीले सामना गर्नुपर्छ । एकजुट रहन र एकता बनाइराख्न जरुरी छ ।’ उनले थपे, ‘पुरै अमेरिकालाई एकजुट राख्नु नै मेरो आत्मादेखिको प्रयास हो । म हर अमेरिकीहरुलाई यस उद्देश्यमा जोडिन अपिल गर्छु । हामीले एकजुट भएर आक्रोश, घृणा, चरमपन्थ, हिंसालाई हराउन सक्छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई