शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बाइडेनको सपथपछि कुन देशको कस्तो प्रतिक्रिया ?

बुधबार, ०७ माघ २०७७, २३ : ४०
बुधबार, ०७ माघ २०७७

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई विश्वभरबाट बधाई सन्देश आइरहेको छ । बेलायती प्रधानमन्त्री बोरिस जोनसोनले बाइडेन प्रशासनसँग सहकार्य गरेर अघि बढ्ने बताएका छन् । ‘म उनी र उनको नयाँ प्रशासनसँग मिलेर काम गर्नेमा छु । हाम्रो देशहरुबीच सहकार्य बलियो बनाउने तथा जलवायु परिवर्तनविरुद्धको लडाई, महामारी जितेर अघि बढ्ने र हाम्रो ट्रान्स एटलान्टिक सुरक्षालगायत साझा प्राथमिकतामा सहकार्य गर्नेबारे सोचिरहेको छु,’ जोनसोनले भने । 
त्यसैगरी भिडियो सन्देश जारी गर्दै जर्मनीका राष्ट्रपति फ्रान्क वाल्टर स्टिनमिइयरले बाइडेन शीर्ष स्थानमा पुग्नु ‘प्रजातन्त्रका लागि राम्रो दिन’ रहेको बताए । युरोपेली कमिसनकी अध्यक्ष उर्सुला भोन डेर लियेनले अमेरिका फर्किएको बताइन् । ‘पुुरानो र विश्वासिलो साझेदारसँग पुन जोडिन युुरोप तयार छ,’ उनले ट्वीटरमा लेखिन् । 

ट्वीटरमार्फत पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पनि बाइडेनलाई बधाई दिएका छन् । पाकिस्तान–अमेरिका सहकार्यलाई बलियो बनाउन बाइडेन प्रशासनसँग मिलेर काम गर्ने इमरानले उल्लेख गरेका छन् । इटली, मेक्सिको, कोस्टारिकालगायत देशबाट पनि बाइडेनलाई शुभकामना सन्देश प्राप्त भएको छ । 

ईरानका राष्ट्रपति हसन रौहानीले ट्रम्पको बर्हिगमनलाई क्रुर युुगको अन्त्य भनेका छन् । ‘कानून र प्रतिबद्धतामा बाइडेन प्रशासन फर्कने हाम्रो अपेक्षा छ । विगत ४ वर्षदखिको दाग मेटाउन (यदि सक्छन् भने) उनीहरुले प्रयास गर्ने अपेक्षा छ,’ रौहानीले भनेका छन् । रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनका प्रवक्ता डिमिट्री पेस्कोभले अमेरिकासँग रुसले राम्रो सम्बन्धको खोज ी गर्ने बताएका छन् । तर, अमेरिकाले पनि यस्तो गर्छ वा गर्दैन भन्ने विषय बाइडेन र उनको टिममा निर्भर रहने उनले बताएका छन् । 

त्यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि अमेरिकाको ४६ औं राष्ट्रपति भएकोमा शुभकामना दिँदै बाइडेनसँग भारत अमेरिकी रणनीतिक साझेदारीलाई सुदृढ पार्न मिलेर काम गर्ने बताएका छन् । ट्वीटरमार्फत उनले लेखेका छन्ः ‘अमेरिकाको लागि सफल कार्यकालको शुभकामना । हामी साझा चूनौतीहरुको सामना गर्न र विश्वव्यापी शान्ति र सुरक्षाका लागि एक साथ खडा हुनेछौं ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप