बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा कोरोनाको अर्को नयाँ रेकर्ड, एकैदिन १८२० को निधन

बुधबार, ०७ माघ २०७७, २३ : ०२
बुधबार, ०७ माघ २०७७

लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्याले दिनहुँ नयाँ रेकर्ड कायम गर्दै गइरहेको छ ।  ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले बुधबार सार्वजनिक गरेको तथ्याँकअनुसार एकैदिन १८२० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो संख्या महामारी भएपछिकै सबैभन्दा बढी हो । अघिल्लो दिन मंगलबार पनि १६१० जनाको मृत्यु भएको थियो, जुन बेलायतमा एकैदिन मृत्यु हुने  सबैभन्दा बढी हो । यससँगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९३ हजार २९० पुगेको छ ।

यसैगरी कोरोना संक्रमितको संख्या पनि पछिल्लो २४ घन्टामा ३८ हजार ९०५ पुगेको छ । यससंगै बेलायतमा कोरोना संक्रमितको संख्या ३५ लाख पाँच हजार ७५४ पुगेको छ । संक्रमित  संख्या भने विगत तीन हप्तायताको तुलनामा कम हुँदै गएको छ ।  कोरना संक्रमितको संख्यासँगै बेलायतका अस्पतालमा भर्ना हुनेको संख्या पनि ३९ हजारभन्दा बढी पुगेको छ ।

कोरोना संक्रमण बढेसँगै बेलायत सरकारले कोरोना विरुद्धको खोपलाई पनि  तीव्रता दिंदै आएको छ । पछिल्लो तथ्याङ्क अनुसार एक मिनेटमा १४० जनालाई कोरोना विरुद्धको खोप दिइएको सरकारी तथ्यांकमा उल्लेख छ । बेलायतमा हालसम्म ४६ लाख ९ हजार ७४० जनाले  कोरोना विरुद्ध खोपको पहिलो डोज लिइसकेका छन् । यसैगरी चार लाख ६० हजार ६२५ जनाले दोस्रो तथा अन्तिम डोज लिइसकेको स्वास्थ्य विभागले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप