बाइडेनको जितदेखि सपथअघिसम्म शेयर बजारमा कीर्तिमान
एजेन्सी । जो बाइडेनको चुनावी विजयदेखि सपथ ग्रहणअघिसम्म आइपुुग्दा अमेरिकी शेयर बजार किर्तिमानी रुपमा बढेको छ । ग्लोबल रिसर्च संस्था सीएफआरएका अनुसार यस दौरान S&P 500 १३ प्रतिशतले उकालो लाग्यो । राष्ट्रपति चुनावको नतिजा आइसकेपछि सपथ ग्रहण हुनअघिसम्म अमेरिकी शेयर बजारमा देखिएको यो वृद्धि अहिलेसम्मकै किर्तिमानी हो ।
यसअघि यस्तो रेकर्ड जो एफ केन्नडीका नाममा थियो । २० जनवरी १९६१ मा उनले सपथ लिएका थिए । उनले चुनावी जित हासिल गरेदेखि सपथ लिनुअघिसम्म ७३ दिनको अवधिमा S&P 500 इन्डेक्स ८ दशमलव ८ प्रतिशतले बढेको थियो । उनले सपथ लिएको सय दिनपमा शेयर बजार थप ८ दशमलव ९ प्रतिशतले उकालो लागेको थियो ।
ट्रम्पले जित्दा पछि बढेको थियो बजार
यो लगातार दोस्रो मौका हो, जब राष्ट्रपति चुनाव र सपथ ग्रहणअघिको अवधिमा शेयर बजारमा वृद्धि भयो । २०१६ मा डोनाल्ड ट्रम्पले चुनाव जित्दा पनि यस्तो बृद्धि देखिएको थियो । उनले चुनाव जितेर सपथ लिनुुअघिसम्मको अवधिमा शेयर बजार ६ प्रतिशतले बढेको थियो । उनको कार्यकालको १ सय दिनमा बजार थप ५ प्रतिशतले बढ्यो । यद्यपि, ट्रम्प र बाइडेनको समयमा एउटा ठूलो अन्तर छ । ट्रम्प निर्वाचित हुँदा अर्थव्यवस्था बलियो थियो । यता, अर्थव्यवस्थामा कोरोनाको छाँया परिरहेका बेला बाइडेन राष्ट्रपति निर्वाचित भएका छन् ।
यसअघि नोभेम्बर २००० मा जर्ज डब्ल्यु बुस राष्ट्रपति चुनिएका बेला क्७ए छण्ण् इन्डेक्समा ६ प्रतिशतले गिरावट भएको थियो । बाराक ओबामा २००८ नोभेम्बरमा राष्ट्रपति चुनिएका बेला बजारमा २० प्रतिशतले गिरावट देखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालले पाँचौँ विकेट गुमायो, दीपेन्द्र पाँच रन बनाउँदै आउट भए
-
पासवर्ड बाँडेर चलाउन रोकेपछि बढ्यो नेटफ्लिक्सको मुनाफा
-
तीन रनमै पेभेलियन फर्किए कुशल मल्ल
-
केन्यामा हेलिकप्टर दुर्घटनामा सेना प्रमुखको मृत्यु
-
एक वर्षमा २ दर्जन विदेशी कलाकार नेपाल भ्रमणमा, उद्देश्य के ?
-
एमालेले आज विशेष पत्रकार सम्मेलन गर्ने