बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सपथअघि बाइडेनले श्रीमतीलाई लेखे यस्तो सन्देश

बुधबार, ०७ माघ २०७७, २२ : ११
बुधबार, ०७ माघ २०७७

एजेन्सी । अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले सपथ लिन एक घण्टामात्रै बाँकी छ । नेपाली समयअनुसार १० बजेर ४५ मिनेट जाँदा उनी अमेरिकाको ४६ औं राष्ट्रपति बन्नेछन् ।  सपथका लागि बाइडेन र नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिस क्यापिटल हिलस्थित संसद् भवनमा आइसकेका छन् ।

बाइडेनसँगै उनकी पत्नी जिल बाइडेन पनि सपथ समारोहमा सहभागी हुन संसद् भवन आइसकेकी छिन् । संसद् भवन पुुगेर बाइडेनले जिलका नाममा ट्वीट गरेका छन् । उनले लेखेका छन्, ‘म तिमीलाई माया गर्छु जिली र यो यात्रामा तिम्रो साथभन्दा म धेरै आभारी हुन सक्दिंन ।’

यस ट्वीटसँगै उनले जीलको हात समातेर हिँडिंरहेको छोटो भिडियो पनि पोस्ट गरेका छन् । बाइडेनले सपथ लिएसँगै जिल अमेरिकीकी फस्र्ट लेडी बन्नेछिन् ।  बाइडेनको सपथ समारोहमा सरिक हुन पूर्व राष्ट्रपतिहरु बिल क्लिन्टन, जर्ज डब्ल्युु बुस, बाराक ओबामासहितका विशिष्ट अतिथिहरु पनि क्याटिपल हिल आइपुगिसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप